प्रम ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड अस्पताल पुगे


फागुन २० काठमाडौ । नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओलीको बुधबार बिहानदेखि मिर्गौला प्रत्यारोपण सुरु हुँने भएकाले त्यसका लागि ओली सोमबार अस्पताल भर्ना भएका थिए । प्रचण्ड आफैं समेत अस्वस्थ भएपनि ओलीको अवस्थाबारे जानकारी दिन अस्पताल पुगेका हुन् । प्रचण्ड सामान्य रुघाखोकीका कारण अस्वस्थ भएका हुन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुई जना भारतीय चिकित्सक समेत नेपाल आएका छन् । भारतीय चिकित्सक प्रा डा अनन्तकुमार र अर्का एक जना नेपाल आएको टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिए । उनका अनुसार मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गर्ने जानकारी दिए ।

ज्ञवाली नेतृत्वको टीमले प्रधानमन्त्री र शर्मा नेतृत्वको मिर्गौला दान दिने समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया गर्नेछ । प्राडा ज्ञवालीको ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहनेछन् । ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा। अनन्तकुमारले नै गरेका थिए ।

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडे पछाडि पुनः प्रत्यारोपण गर्न लागिएको हो । सोमबार शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई अहिले अब्जरवेशनमा राखिएको छ । उनलाई मिर्गौला दिनका लागि भान्जी समीक्षा संग्रौला ज्ञवाली समेत अस्पताल भर्ना भइसकेकी छिन् ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार २२:०४  |