हुम्लाको सर्केगाड गाउँपालिका १ स्थित तुम्च बडखोलामा अविरल वर्षाले खोलाको सतह बढेपछि देवल आधारभुत विद्यालयमा अध्ययनरत ७० देखी ८० बालबालिकालाई विद्यालय आउजाउमा समस्या भएको छ ।
गोरेटो बाटो भएको उक्त विद्यालयमा जान खोलामा झोलुङ्गे पुल समेत नहुँदा विद्यालय आउन र जान समस्या भएको स्थानीय स्थानीय प्रकास मल्लले बताउनु भयो । उहाँका अनुसार खोलाको सतह बढेपछि आफुहरुहरूले खोलामा गई जोखिम मोलेर बालबालिकालाई विद्यालयसम्म र्पुयाएको मल्लले बताउनु भयो ।
खोलामा पुल नहुँदा देवल आधारभूत विद्यालयमा अध्ययनरत झन्डै ८० जना बालबालिका सास्ती भोग्न बाध्य छन् ।
हरेक वर्ष हिउँदको समय पानी सानो हुँने भएपछि खोलाबाटै हिड्ने गरेको र वर्षा हुँदा वित्तीकै खोला बढेर आउजाउमा समस्या हुँने गरेको छ । विद्यार्थीहरुलाई मात्र नभई स्थानीय सबै नागरीकहरुले यो समस्या हरेक वर्ष झेल्दै आउनु परेको छ ।
सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिकाको सिमानामा पर्ने उक्त खोलाको एक पट्टी विद्यालय छ भने एक पट्टी सर्केगाड गाउँपालिका वडा नम्बर १ तथा सबिकको जैर गाविसको वडा नम्बर ९ को एक गाउँ छत्यालबाडाको सिंगो बस्ती नै छ भने त्योसँगै अदानचुली गाउँपालिकाका पनि थुप्रै विद्यार्थीहरु उक्त विद्यालयमा अध्ययन गरीरहेका छन् ।
