प्रजिअ पाण्डे द्धारा प्रगति विवरण सार्बजनिकः तिन सय तेत्तीस दिनमा ९७ काम गरेको दाबी


 हुम्ला जिल्लाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले आफ्नो कार्य प्रगिति सार्वजनिक गर्दै तिन सय तेत्तीस दिनमा ९७ काम गर्दे बताउनु भयो ।

जिल्ला छोड्नु अघि पत्रकार भेटघाट कार्यक्रम राखेर आफु करिब १ वर्ष सम्म हम्ला बस्दै गर्दा प्रशासन कार्यालयको समन्वयमा सरकारी सेवा प्रदायक निकायहरुको सार्वजनिक सुनुवाई गर्न सुरु गरेको, चीनको ताक्लाकोटमा भएको समकक्षी बैठकमा सहभागिता, बाजुराको पिलुचौरमा यातायात सिन्डिकेटको अन्त्य, लागु औषध दुव्र्यसन नियन्त्रण जस्ता कार्यक्रमको सुरुवात गरेको बताउनु भयो ।

आफु जिल्ला आए देखी हरेक एक सय दिनको प्रगति समिक्षा गर्दै आएको बताउँदै उनले तिन सय त्यतीस दिनमा गरेका हरेक कामहरुको ९७ बुँँदामा तयार पारीएको प्रगति बिबरण समेत सार्वजनिक गर्नु भयो । त्यसैगरि गत फागुनयता एक दिन पनि जिल्ला नछोडेको र एक दिन बिदा समेत नलिएको पनि बताउनु भयो ।

हालसम्म सदरमुकाममा रहेको कार्यालयबाट मात्र बिबरण लिने गरिएको राष्ट्रिय परिचयपत्रको बिबरण स्थलगत रुपमा लिईनुका साथै सीमा पास समेत नाम्खा गाउँपालिकाका चार वटा स्थानबाट बितरण गरिएको, नागरिकता घरमै पुगेर बितरण गरिएको , बिदाको दिनमा पनि स्थलगत रुपमा पुगेर सेवा प्रदान गरिएको बताउनु भयो भने जिल्ला बिपद पुर्व तयारी तथा प्रतिकार्य योजना तयार पारि जिल्ला बिपद व्यवस्थापन समितिको बैठकवाट पारित गर्दै कार्यान्वयन समेत गराएको बताउनु भयो ।

उनि केहि दिन अघि गृहमन्त्रालयमै सरुवा हुँनु भएको छ । –––कालीबहादुर थापा

प्रकाशित मितिः     ९ भाद्र २०८२, सोमबार १०:५५  |