जेनजी आन्दोलनमा भएको क्षेतीको निष्पक्ष छानविन गर्न हुम्ला उद्योग वाणिज्य संघको अपलि


जेनजी आन्दोलनमा भएको क्षेतीको निष्पक्ष छानविन गर्न हुम्ला उद्योग वाणिज्य संघले हार्दिक अपलि गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै आन्दोलनमा अवान्छित अराजक र ध्वंसकारीहरुको घूसपैटबाट अत्याधिक मात्रमा सामरिक पूरातात्वीक सार्वजनिक सम्पति व्यवसायिक पसल कारखाना तथा पूर्वाधार निजी सम्पतिमा समेत भएको आगजनी तोडफोड तथा लूटपाटले निजीक्षेत्रलाई समेत झस्काएको छ ।

कोभिड १९ पछिको आर्थिक मन्दीबाट सम्हालिन नपाउदै हालैको भौतिक संरचनामा भएको आगजनी तोटफोडले निजी क्षेत्रको मनवल खस्केको उल्लेख गरीएको छ । यस प्रकारको निजी र व्यवसायीक सम्पती माथीको आक्रमणले लगानीको वातवरणमा नकरात्मक प्रभाव परि अर्थतन्त्रमा थप क्षति पुग्न देखीएकाले यस प्रकारको गतिविधी भविष्यमा हुन नदिन आवश्क निती तथा सूरक्षाको प्रवन्धका लागी अनूरोध गर्दै निजी तथा व्यवसायिक सम्पतीको तोडफोड आगजनि तथा लूटपाट गर्नेलाई कानून अनसारको कार्बाहि गर्दै उचित क्षेतिपूर्तीको माग गरीएको उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बताउनु भयो ।

यससँगै सार्वजनिक सम्पती व्यवसायीक प्रतिष्ठान र निजी सम्पतीमा भएको क्षेतिको विमा र पून विमा कम्पनिबाट तत्काल विमा भूक्तानी सहजिकरणका लागि सम्बद्ध पक्षसंग अनूरोध गरीएको बताउनु भयो ।

व्यवसायिक तथा उधोगीहरुलाई सदा झै आफनो व्यवसाय तथा उधोग प्रतिष्ठान निर्वाध रुपमा संचालन गर्दै सहज व्यवसायिक वातवरण निर्माणमा सहयोग गर्न र सवैधानिक सर्वच्चता र विधिको शाशन कायम गर्न हुम्ला उद्योग वाणिज्य सघंले अपिल गरेको छ ।

प्रकाशित मितिः     २८ भाद्र २०८२, शनिबार १९:१९  |