सिमकोटको कुरील्लामा बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिपमा सवार १३ जना मध्ये ११ जनालाई सामान्य चोट लागेको भएपनि २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक संकर पोखरेलले बताउनु भयो ।
आज दिउसो ३ बजेको समयमा जिल्ला सदरमुकाम सिमकोटबाट खार्पुनाथ जानेक्रममा सर्केगाड गाउँपालिका वडा नम्बर ४ का २८ वर्षिया दलबहादुर विकले चलाएको क.प्र.०२००१ च.०२०८ नम्बरको जिप एक्कासी ब्रेक फेल हुँन गई भित्तामा ठोकीदा सडकमा पल्टीएको हो । जिप सडकमा पल्टीदा ८ जना पुरुष सहित १३ जना सवार मध्ये सर्केगाड गाउँपालिका २ रिपका ३५ वर्षिया सुनमति कार्की र निजकै छोरा १५ वर्षयाा जनक कार्की घाइते भएको बताउनु भयो ।
घाईते भएका दुबै जनालाई जिल्ला अस्पताल सिमकोटमा उपचार भैरहेको छ । घाईते भएकी सुनमती कार्कीको दायाँ कानमा र छोराको दायाँ घुँडामा चोट लागेको बताउनु भयो । जिप दुर्घटना भएलगत्तै खार्पुनाथ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक हरीसिंह भाट सहितको टोलीले उद्धार गरीरहेको बताउनु भयो ।
