गएको कार्तिक १९ गते आगलागि भएको छत्रपाल आधारभुत विद्यालयलाई गाउँपालिकाले कार्यालय प्रयोजनाका सामाग्रीहरु सहयोग गरेको छ ।
आगलागिले कार्यालय सहित कार्यालयमा राखिएका सम्पुर्ण सामाग्रीहरु नस्ट भई कार्यालय सञ्चालन समेत गर्न समेत समस्या भएकाले गाउँपालिकाले न्युनतम् आवश्यकताका सामाग्रीहरु सहयोग गरीएको जिन्सी शाँखा प्रमुख हंस महताराले बताउनु भएको छ । उहाँका अनुसार विद्यालयमा राखीएका कम्प्युटर, प्रिन्टर सहित विद्युतीय सामाग्रीहरु र त्यहाँ रहेका सम्पुर्ण कागजातहरु नष्ट भएपछि कार्यालय सञ्चालनको लागि आवश्यक सामाग्रीहरु गाउँपालिकाबाट सहयोग गरीएको बताउनु भयो ।
सोलार सहित अन्य सामाग्रीहरु सहयोग गरिएको बताउनु भएको छ । आज गाउँपालिकाले करिब ५ लाख बराबरको सहयोग सामाग्रीहरु हस्तान्त्रण गरीएको छ आज सहयोग गरिएको सहयोग सामाग्रीहरुमा१ बिलोवाट सोलार सेट, ल्याप्टप १, प्रिन्टर १, डेस्टप १, स्पीकिर साउन्ड सिस्टम १ सहित अन्य कार्यालय प्रयोजनाका सामाग्हिरु सहयोग गरिएको बताउनु भयो ।
शिक्षक हाजीरी ४ वटा, विद्यार्थी हाजीर रजिस्टर १० वटा, बोर्ड मार्कर १० दर्जन, घण्टी १, पानीखाने जग ४ वटा हस्तान्त्रण गरीएको बताउनु भयो । यस्तै मसि ४ डिब्बा, डस्तर ९ वटा, दर्ता चलानी रजिस्टर २ वटा, सादा रजिस्टर ५ वटा, ड्रमलेट १ र इन्डेक्स फाईल १० वटा उपलब्ध गराईएको छ । यो सँगै रेकर्ड फाईल १० वटा, बजेट किताब १, जिन्सी रिजिस्टार १, डटपेन ४ बक्स, ए पो साईजको ह्वाइट पेपर ५ रिम, उत्तरपुस्तिका ४० रिङ, पञ्चीङ मेसिन १, गोश्वरा भौचर २ वटा, ज्यामिति बक्स १, मादल १, भित्तेघडी १, बिदा फाएल १, भण्डा २, ताल्चा १२ र बाल्टीन २ वटा सहयोग गरीएको बताउनु भयो ।
