सोमबार दिउसो करिब ३ बजेबाट एक बालक वेपत्ता भएका छन् । मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ४ रावलबाडाका अन्दाजी ११ वर्षका आकाश मल्ल दिउसो बाट वेपत्ता भएका हुँन् ।
बिहान बाख्रा चराउन गएका आकास दिउसो गाउँ(रावलबाडा) बाट करिब ३।४ किलोमिटर टाढा पर्ने पिपलबुडा भन्ने ठाउँमा बाख्रा चराउदै लगेको र उक्त ठाउँमा नुहाउने क्रममा पौडी खेल्दा खेल्दै बेपत्ता भएको भन्ने खबर आएको तर अहिले सम्म आफ्नो बच्चा नभेटीएको उनका बुवा धनबहादुर मल्लले बताउनु भयो ।
बपत्ता भएका आकासका बुवाका अनुसार पौडी खेल्ने क्रममा एक जना बच्चा बग्यो भन्ने खबर पाउँदा वित्तीकै खोजी गरेको तर अहिले सम्म बच्चालाई नभेटाउदा सोरुबर्मा प्रहरी चौकी, गल्फागाड प्रहरी चौकी र बालुकुना प्रहारी चौकीलाई खबर गरेपछि अहिले खोजी कार्य भैरहेको बताउनु भएको छ ।
हुम्ला कर्णालीमा रहेको पिपलमुडा बेलीब्रीज नजिकै रहेको झुलङ्गे पुल आसपासको क्षेत्रमा पौडी खेल्दै नुहाउनेक्रमा डुबेको भन्ने खबर आए लगत्तै सोरुवर्मा प्रहरी चौकी मुगु, गल्फागाड प्रहरी चौकी र बालुकुना प्रहरी चौकी हुम्लाको टोली खोजी कार्यमा लागेको भएपनि अहिले सम्म न लास नसास भेटाउदा गाह्रो भएको निजका बुढा धनबहादुर मल्ले बताउनु भयो ।
बुवा धनबहादुर मल्ला र आमा सम्झना मल्लका ११ वर्षिया छोरा बेपत्त भएपछि उनिहरु अहिले भावविहिल अवस्थामा रहेका छन् यता बेपत्ता बालकको खोजीमा प्रहरी प्रशासन मात्र नभई त्यहाँका स्थनीयहरु पनि खटिएका छन् । यतिबेला कर्णाली नदि (उल्का) दिन प्रतिदन बढ्दै गएकाले पनि खोजतलासमा समस्या भएको छ ।–––कालीबहादुर थापा
