हुम्ला । फाेर्जी रिपिटर टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडका वडामा पुनः इन्टरनेट सेवा सुचारु
बैशाख एक गतेबाट बिग्रिएको फोजी टावर मर्मत पछि सुचारु भएको छ ।

सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेख अन्तर्गत खातिलेखमा रहेको फोजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीयले केही दिनदेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो । उक्त टावर बैशाख १ गते बेलुका ८ बजेदेखि अचानक काम गर्न छाडेको थियो ।

सेवा अवरुद्ध भएपछि नेपाल टेलिकम सिमकोट, हुम्लाको पहलमा प्राविधिक टोली परिचालन गरिएको थियो । आज नेपाल टेलिकमका प्राविधिक उब्जन शाहीको नेतृत्वमा टोली सम्बन्धित स्थलमा पुगेर मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न गरी फोजी सेवा सुचारु भएको छ ।

उक्त टावरको ब्याट् िब्याकपमा समस्या आउदा फोजी सेवा र इन्टरनेट सेवाले काम गर्न छोडेको प्राविधिक शाहीले बताउनु भएको छ । आज दिउसो ११ बजे मर्मत गरी उक्त टावरले काम गर्न थालेको शाहीले जानकारी दिनु भएको छ ।

टावरको मर्मतपछि खार्पुनाथ गाउँपालिका वडा नं. १, २ र ३ तथा सर्केगाड गाउँपालिका वडा नं. १, २, ३ र ६ मा इन्टरनेट सेवा पुनः सुचारु भएको सर्केगाड गाउँपालिका वडा नम्बर ७ का जिबन छत्यालले जानकारी दिनुभएको छ ।

सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई सञ्चार तथा इन्टरनेट प्रयोगमा सहजता भएको बताइएको छ खार्पुनाथ गाउँपालिका वडा नम्बर १ का अर्का स्थानिय लाल बहादुर शाहीले बताउनु भएको छ । स्थानीयहरूले सेवा पुनःस्थापना प्रति खुशी व्यक्त गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन् ।

प्रकाशित मितिः     १२ बैशाख २०८३, शनिबार १७:३५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *