श्रीनगर । हुम्लाकोे अदानचुली गाउँपालिकामा कार्यरत करार कर्मचारी तथा खानेपानी चौकीदारहरूले लामो समयदेखि तलब नपाएको भन्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन । उनीहरूले आफ्नो श्रमको उचित मूल्य नपाएको गुनासो गर्दै तत्काल समस्या समाधान गर्न माग गरेका हुन ।
खोनपानीका चौकीधार, प्रशासन शाखा र न्यायिक समितिका करार कर्मचारीले अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण राकायाको कार्यकक्षमा, प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारी समक्ष २०८२ असारसम्म के कति महिनाको पारिश्रमिक पाएका छैनन् सोही अनुसारको पारिश्रमिक खुवाउने पर्ने माग राखिएको अदानचुली २ का खानेपानी चौकीधार हेलु भण्डारीले बताउनु भएको छ ।
नियुक्तीको म्याद थपका साथै पारिश्रमिक उपलब्ध गरिदिन गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायालाई सिफारिस गरिदिन अनुरोध समेत गरिएको छ । भने सो सिफारिस उपाध्यक्ष आजै गरिदिनु भएको भण्डारीले बताउनु भएको छ । सो ध्यानाकर्षण पत्र भने करार काम गरिरहेका कर्मचारी देबिसरण फडेराको संयोजकत्वमा बुझाइएको छ ।
ध्यानाकर्षण पत्र बुझाएसँगै खानेपानीका कर्मचारीहरूले कडा चेतावनी दिएका छन । उनीहरूले तलब नदिएसम्म काम नगर्ने र गाउँपालिकाको वडा नम्बर १ देखि ३ नम्बर वडासम्म खानेपानी सेवा नै बन्द गर्ने निर्णय गरेका छन । यस निर्णयले स्थानीयवासीमा चिन्ता बढाएको छ । ती वडाहरूमा खानेपानीको मुख्य जिम्मेवारी यिनै चौकीदारहरूमाथि निर्भर छ । यतिबेला भने यस क्षेत्रका २ र ३ नम्बर वडामा खानेपानीको चरम संकट हुने गरेको छ ।
मानिसकालागि जेन तेन एक दुइाई पुग्ने भएपनि पशु चौपायलाई भने कष्टकर हुने भएको छ ।
कर्मचारीहरूको भनाइअनुसार २०८२ साल साउन महिनादेखि उनीहरूको करार म्याद थपसमेत गरिएको छैन भने त्यसयता तलब पनि पाएका छैनन । उनीहरूले नियमित रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको भए पनि पारिश्रमिक नपाउँदा दैनिक जीवन धान्न कठिनाइ भएको अगुवन देविसरण फडेराले बताउनु भएको छ ।
“हामी काम गर्दै आएका छौं, तर तलब नपाउँदा घरखर्च चलाउनै समस्या भयो,” भनेर कर्मचारीले गुनासो गरेका छन ।
उनीहरूले गाउँपालिकासँग तत्काल करार म्याद थप गरी बक्यौता तलब उपलब्ध गराउन माग गरेका छन ।
साथै, समस्या समाधान नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएका छन । यता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदिप भण्डारीलेले भने समस्या समाधानका लागि पहल भइरहेको बताउनु भएको छ ।
स्रोत व्यवस्थापन र प्रक्रिया सम्बन्धी केही जटिलताका कारण ढिलाइ भएको बताइए पनि छिट्टै समाधान निकाल्ने प्रयास भइरहेको बताउनु भएको छ । उहाँहरुको २ महिना अगाडी मात्रै ३।३ महिनाको तलब भुत्तानी गरिदिएको बताउनु भएको छ । बाँकी तलबका लागि समेत पक्रिया अगाडी बढाइएको बताउनु भएको छ ।
स्थानीय सरोकारवालाहरूका अनुसार यदि समस्या समयमै समाधान नभए गाउँपालिकाका विभिन्न वडामा खानेपानी आपूर्ति पूर्ण रूपमा प्रभावित हुनसक्ने देखिदएको छ । यसले दैनिक जनजीवनमा गम्भीर असर पार्ने मात्र होइन, स्वास्थ्य र सरसफाइसम्बन्धी जोखिम समेत बढाउने देखिएको छ ।
यसैबीच स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायलाई छिटो समस्या समाधान गर्न आग्रह गरेका छन । उनीहरूले खानेपानी जस्तो आधारभूत सेवामा अवरोध आउन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन । अदानचुली गाउँपालिकामा देखिएको यो अवस्था अहिले श्रमिक अधिकार, सेवा निरन्तरता र स्थानीय सरकारको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाउने विषय बनेको छ ।
