काठ च्यात्ने क्रममा काठको मुडा लागेर एक जना बालकको मृत्यु भएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँका जोगविर बुढाका १४ वर्षिय छोरा कविन्द्र बुढाको मृत्यु भएको छ ।
जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ८ मा रहेको निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढा भेडा चराउन गएको बेला काठको मुढाले च्यापेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनु भयो ।
बिहिबार विहान ११ वजे भेडा बाख्रा चरि चरनका लागी सोही गाउँपालिकाको वडा नं ८ को भुलभुले पानी भन्ने ठाउँमा लिएको समयमा काठ चिरान गर्ने ठाउँ “धरान” गरी रहेका सोही गाउँपालीका वडा नं ८ का ३९ वर्षिय धनबिर सार्की र सोही ठाउँकै २८ वर्षिय सुकबिर सार्कीले काठको मुडा पल्टाउने क्रममा तल जंगलमा रहेका बालकलाई लागेपछि घटनास्थलमै मृत्यु भएको हो । धरानभन्दा करिब करिव १ सय मिटर तल सिप्का खोलामा मृत्यु भएको उपरिक्षक खड्काले बताउनु भयो ।
उक्तलाश मुचुल्काको लागी जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा जाँदै गरेको खड्काले बताउनु भयो । सुकबिर सार्की र धनबिर सार्कीलाई प्रहरीले लिईसकेको बताउनु भयो ।
