अदानचुली गाउँपालिकाद्वारा १९ विद्यालयलाई १ सेट डेस्टप कम्प्युटर सहित १ प्रिन्टर वितरण गरेको छ । जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाले आफ्ना मातहतमा रहेका १९ सामुदायिक विद्यालयलाई १ सेट डेस्टप कम्प्युटर सहित १ प्रिन्टर वितरण गरेको हो ।
शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई १ सेट डेस्टप कम्प्युटर सहित १ प्रिन्टर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्दविर शाहीले बताउनु भयो ।
गत वर्ष चिनिया सरकारको वैदेशिक सहयोग स्वरुप गाउँपालिकालाई प्रदान गरेका डेस्टप कम्प्यटर र प्रिन्टरहरु गाउँपालिका भित्र रहेका १९ वटा विद्यालयलाई आज वितरण गरीएको र बाँकी रहेका विद्यालयहरुलाई पनि केहि दिनमा उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले प्रतिवद्धता जनाउनु भयो ।
गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान तथा डिजिटल सिकाइ वातावरण निर्माण गर्ने लक्ष्यसहित यि सामाग्रीहरु हस्तान्तरण गरेको बताउँदै सबै विद्यालयले भरपुर उपयोग गर्न निर्देशन समेत दिनु भएको छ ।
अध्यक्ष सिंहले शिक्षामा गरिएको लगानी भविष्यमा मानव संसाधन विकास र समग्र गाउँपालिकाको समृद्धिसँग जोडिएको बताए । उनले विद्यालयमा १ सेट डेस्टप कम्प्युटर सहित १ प्रिन्टर मात्र वितरण गरेर नरोकिने, यसको प्रभावकारी उपयोगका लागि सोलार नभएका विद्यालयहरुमा सोलारको समेत व्यवस्थापन गर्ने आस्पासन दिनु भयो ।
अदानचुली गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालय पूर्वाधार सुधार, शैक्षिक सामग्री व्यवस्थापन, शिक्षक क्षमता विकास तथा डिजिटल शिक्षामा लगानी, ग्रामीण क्षेत्रका विद्याथीैलाई आधुनिक प्रविधिसँग जोड्न भूमिका खेल्न कम्प्युटर र प्रिन्टर वितरण गरेको तत्कालिन प्रमुख प्रशासकिय अधिकृत तथा जिन्सी शाँखा प्रमुख हंस महताराले बताउनु भयो ।
विद्यालयलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक हरीप्रशाद जैसीले अब प्रत्येक विद्यालयलाई इन्टरनेटको समेत व्यबस्था गरिदिन माग गर्नु भयो । आज उपलब्ध गराएका सामाग्रीहरुले इमिस डाटा भर्न र दैनिक प्रशासनिक काम गर्न सजिलो भएपनि इमिस लगायत अन्य इन्टरनेट सम्बन्धी काम गर्न फ्रोजी डाटा नै प्रयोग गर्न बाध्य भएको प्रतिकृया दिनु भयो ।–––कालीबहादुर थापा
