हुम्लाका ३० जना वालवालिकाहरुलाई तिन दिने जीवनपयोगी सिप र आत्म सुरक्षा तालिम प्रदान गरिएको छ । किर्डाक नेपालको आयोजनामा जिल्लाका मानसरोवर माध्यमिक विद्यालय र बालमन्दीर माध्यमिक विद्यालयका ३० जना वालवालिकालाई उक्त तालिम प्रदान गरिएको हो ।
पछिल्लो समय बालबालिकाहरुमथि विभिन्न खाले घटना घटिरहेको अवस्थालाई मध्येनजर गर्दै कक्षा ८ देखि १० सम्मका वालवालिकाहरुलाई तिन दिनसम्म उक्त तालिम प्रदान गरिएको किर्डाक नेपालका जिल्ला संयोजक जनक बुढाले बताउनु भयो ।
विद्यालय तहबाटै जीवनपयोगी सिप सिकाउन र आत्मरक्षाका सिपहरु सिकाउने हेतुले यो तालिमको आयोजना गरिएको हो संयोजक बुढाले भने, तालिमले सहभागि वालवालिकाहरुलाई जीवनमा उपयोग हुने दश वटा सिप र आत्मरक्षाका लागि सुरक्षा सिप शिकाइएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा किर्डाक नेपालले सञ्चालन गरेको एकिकृत सामुदायिक विकास परियोजनाको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको गुड नेवर्स इन्टरनेशनल नेपालका कर्यक्रम अधिकृत गोविन्द चौधरीले बताउनु भयो ।
उनका अनुसार तालिममा जीवन उपयोगी सिपका बारेमा नवराज महतारा र आत्म सुरक्षाका बारेमा जिल्ला प्रहरी कार्यालयका इनिष्पेक्टर विष्णु कुमार श्रेष्ठले विद्यार्थीहरुलाई भौतिक सुरक्षा बारे प्रयोगात्मक अभ्यास गराएर प्रशिक्षण दिनु भएको बताउनु भयो ।
