हुम्लाको सर्केगाड गाउँपालिकाको वडा नम्बर ६ को बराईमा स्काभेटर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्य भएको छ ।
सर्केगाड गाउँपालिकाको बराईमा गाउँको भित्रि सडक खन्ने क्रममा बिहिबार राती स्काभेटर पल्टिएर चालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी संकर खड्काले बताउनु भयो ।
उहाँका अनुसार बिहिबार अन्दाजी राती ११ बजे सडक खन्ने क्रममा स्काभेटर सडक भन्दा करिब १ सय ५० मिटर तल खस्दा दैलेख घर भई हाल बर्दियामा बस्दै आएका अन्दाजी २५ वर्षका कृष्ण रावतको घटना स्थलमै मृत्यु भएको जिल्ल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख खड्काले बताउनु भयो ।
जिल्ल्ला प्रहरी कार्यालयमा जानकारी आउने बिक्तिकै जिल्ला प्रहरी कार्यालय सिमकोटबाट प्रहरी निरिक्षक जंग बहादुर सिंहको कमाण्डमा अनुसन्धान टोली त्यस तर्फ गएको र सर्केगाड स्थीत प्रहरी चौकीको टोली रातीनै उक्त क्षेत्रमा पुगि सकेको बताउनु भयो ।
स्थानीय धनन्जय बुढाथोकीका अनुसार उनिहरु आफ्नै घरमा बस्ने भएपनि आफुले पनि राती १२ बजेतीर मात्रै थाहा पाएको बताउनु भयो । थाहा पाउने बित्तीकै आफुहरु घटना स्थलमा गएको र जाँदा बित्तैकै उक्त स्काभेटरको चालकलाई खोजी गर्दा बिहान ५ बजे मात्रै भेटाएको बताउनु भयो रातभरको वर्षा र निरन्तर सुख्खा पहिरो गई रहेकाले खोजीकार्य गर्न ढिलाई भएको बताउनु भयो प्रहरी पनि राती २ बजे पुगेको बताउदै प्रहरी चौकीको टोली र आफुहरु सबैले खोजी कार्य गर्दा बिहान मात्रै लासलाई भेटाउन सकिएको बताए तर पनि अहिले सम्म उनको एक खुट्टा भने नपाएको बताउनु भयो ।
सडक खन्दै गर्दा अचानक चयन फुत्कीदा चयन सडकमै रहेको र मेसीन सहित चालक भिरमा खसेको बताए । जुम्ला घर भएका जनेस बुढथापाको ठेक्का रहेको उक्तडक खन्नेक्रममा सर्केगाड गाउँपालिका रिप घरभएका अजुर्न महताराको जेसीभी पल्टीएको स्थानीय धनन्जय बुढथापाले बताउनु भयो ।–––कालीबहादुर थापा
