नेपाल–भारत मैत्री अस्पतालको शिलान्यास, चंखेलीमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने अपेक्षा ।।


 चंखेली गाउँपालिकामा नेपाल–भारत मैत्री अस्पताल निर्माण कार्यको शिलान्यास गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त अस्पतालको भर्चुअल माध्यम मार्फत नेपालका लागि भारतका राजदूत नबिन श्रीवास्तबले शिलान्यास गर्नु भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो ।

दुर्गम हिमाली जिल्ला हुम्लामा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले निर्माण हुन लागेको यस अस्पताललाई स्थानीय बासिन्दाले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन । भर्चुअल माध्यम मार्फत सम्बोधन गर्दै भारतका राजदूत श्रीवास्तवले आफ्नो स्वास्थ्यमा केही समस्या रहेकाले प्रत्यक्ष उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भई अस्पताल निर्माण कार्यको शुभारम्भ गर्न पाउँदा निकै खुसी भएको बताउनु भयो उहाँले नेपाल र भारतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका क्षेत्रमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

त्यहाँका स्थानीय नागरीकहरुले चंखेली गाउँपालिका लगायत आसपासका क्षेत्रका नागरिकहरूले सामान्य उपचारका लागि समेत जिल्ला सदरमुकाम वा नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अस्पताल निर्माणपछि स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने बताएका छन् । अस्पताल सञ्चालनमा आएपछि गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा आकस्मिक बिरामीहरूले स्थानीय स्तरमै सेवा पाउने अपेक्षा गरिएको छ ।

नेपाल–भारत मैत्री अस्पताल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । दुर्गम भूगोलका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन । साथै, यो परियोजनाले नेपाल र भारतबीचको विकास साझेदारी तथा मैत्री सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । नेपालका लागि भारतका राजदूत श्रीवास्तबले कार्यक्रमलाई सम्बोधन गर्दै सम्बन्धीत स्थलमा उपाध्यक्ष प्रेमकला शाही रहेकाले उहालाई सिलान्यास गर्न भनेपश्चात उपाध्इक्ष शाहीले ढुंगा हालेर सिलान्यास गर्नु भएको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रशाद आचार्यले बताउनु भयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     २९ जेष्ठ २०८३, शुक्रबार १९:५४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *