सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउन सचेतना अभियान गाउँसम्म पुर्याएको बताए पनि हुम्लाको मासपुर गाउँका सबै गर्भवती घरमै सुत्केरी हुँदै आएका छन् ।
बर्थिङ सेन्टरको भवन छ तर सञ्चालनमा नआएकाले सुँढेनीको भरमा गाउँमै सुत्केरी गराउनुपर्ने बाध्यता रही आएको छ । “गाउँमा बर्थिङ सेन्टरको भवन छ तर स्वीकृत छैन” हुम्ला ताँजकोट गाउँपालिका ३ मासपुरकी की महिला स्वास्थ्य स्वयम्सेविका धनरुपा भण्डारीले भन्नुभयो । म आफै सुत्केरी पनि भए बर्थिङ सेन्टर सञ्चालनमा नआउँदा सुडेनीको भरमा घरमै सुत्केरी हुँन बाध्य भए । “ म आफै त त्यो अवस्थामा सुत्केरी भए भने अन्य सुत्केरी व्यथाले छट्पटाएका दिदीबहिनीलाई अस्पतालसम्म लैजान बाटोको सुविधा छैन, बोकेर लैजान निकै नै टाढा छ कतै बोक्दा बोक्दै बाटोमै सुत्केरी हुँने डर पनि हुँन्छ यता गाउँ सानो भएकाले उहि समयमा भेटिन्नन् ।”
सोही गाउँकी हिरकला रोकाया पनि यही वर्ष घरमै सुत्केरी हुँनु भयो । उनले भनिन् “भगवानको भरमा बच्चाको जन्म भयो । सुत्केरी व्यथा लागेपछि भगवान्को नाम जप्नुबाहेक अरू केही विकल्प थिएन, गाउँबाट नजिकको अस्पताल भनेको बर्थिङ सेन्टर भनेको छप्रेला हो, बिरामीलाई त्यहाँ पुर्याउन करिब १२ घन्टा लाग्छ ।” आफुलाई व्याथाले च्यापेको हुँन्छ कसलाई कसरी भन्ने अनि घरमै सुत्केरी भए ।
उक्त वस्तीकी महिला स्वयम् सेवीकाका अनुसार यसै गरी मासपुरामा यही वर्ष मात्र ६ जना जना सुत्केरी भईन, विडम्बना छ जनै आमाहरु बचाउन सकिएपनि बसन्ती रोकायाको बच्चा बचाउन सकिएन । यता सरकारले दिदै आएका खर्च समेत पाउने थिए । अहिले सम्म यहाँका कुनैपनि महिलाले सुत्केरीले पाउदै आएको खर्च समेत पाउन नसकेको बताउनु भयो ।
गाउँमै बर्थिङ सेन्टर सञ्चालनको लागि माग गरिएको सोही वडाका वडा अध्यक्ष राजेन्द्र बहादुर शाहीले बताउनुभयो । “बर्थिक सेन्टर स्थापनाका लागि पटक पटक गाउँ कार्यपालिका र स्वास्थ्य शाँखामा भनेको छु यस वर्ष कुनैपनि हालतमा सञ्चालनमा ल्याउनै पर्ने बाध्यता रहेको छ ”उहाँले भन्नुभयो “गाउँमा बर्थिङ सेन्टर सञ्चालन गर्न पाइयो भने सुँडेनीको भर पर्नुपर्ने थिएन ।” खासमा गाउँपालिका वा अन्य निकायले बर्थिङ सेन्टर सञ्चालनको अनुमति, एक जना स्वीपरको दरबन्दी र अनमिलाई नियमितता दिनेहो भने सञ्चालनमा आइहाल्ने थियो तर सकिरहेको अवस्था छैन तर आफु निरन्तर लागि रहेको बताउनु भयो ।
मासपुर गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको । उक्त स्वास्थ्य सेवा केन्द्र स्थापना भएको निकै लामो समय भयो । कार्यालय सहयोगी सहित ३ जना स्वास्थ्यकर्मीहरु राखीएको भएपनि प्राय एक जनाले मात्रै सेवा दिईरहेका छन् । जम्मा २६ घरदुरी भएको उक्त र नजिकै कुवाडी खोला पारी बाजुराको बौडी गाउँका नागरीकहरु औषधी लिन आउँछन र प्राय एक जना मात्रै स्वास्थ्यकर्मी देख्ने गरेको त्यहाँका स्थानीयको भनाई छ ।
त्यतिमात्र नभई सिप नेपाल र ट्रस नेपाल नामक संस्थाको साझेदारीमा २०७४ सालमै ब्रथिङ सेन्टर सहित आवश्यक सम्पुर्ण सामाग्रीहरु दिएको छ बर्थिङ सेन्टरको लागि आवश्यक पर्ने बेड, औषधी र उपकरणहरु सहित एक जना अनमी करुणा कुवरलाई नियुक्ती पनि दिएको छ । बर्थिङ सेटर बन्यो, एक जना अनमी पनि खटायो तर सरकारले अनुमती नदिदा उक्त गाउँका महिलाहरु अहिले सम्म पनि घरमै सुत्केरी गराउन बाध्य भएका छन् ।
स्थानीय तह र स्वास्थ्य संस्थाले ग्रामीण क्षेत्रसम्म प्रभावकारी सेवा विस्तार गरेको दाबी गरिरहँदा उक्त स्वास्थ्य संस्थामा एक जना स्वीपर र बर्थिङ सेन्टरको अनुमती नदिदा घरमै सुत्केरी गराउन बाध्य भएको उक्त उत्तः गाँ अर्थात ताँजाकोट गाउँपालिका वडा नम्बर ३ मास्पुरकी धनरुपा भण्डारीको भनाई छ । नवजात शिशु र आमाको जीवन जोखिमबाट जोगाउन घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने अभियानको लक्ष्य हुम्लामा पूरा हुने सम्भावना देखिएको छैन । किन भने ताँजकोट गाउँपालिकाबाट झण्डै १ दिन हिडेर मास्पुर पगिने भएकाले पनि आफुहरुलाई समस्या हुँने गरेको महिला स्वयम् सेवीका भण्डारीको छ ।
हरेक सुनौलो हजार दिनका आमाहरुले ८ पटक गर्भ चेकजाँच गर्नु पर्ने भएपनि त्यहाँ महिलाहरु उक्त गाउँमा रहेको स्वास्थ्य चौकीमा गएर सामान्य प्रेसर चेक जाँच गर्ने आइरन चक्की दिएर पठाउने गरेको ऊक्त स्वास्थ्य सेवा केन्द्रका प्रमुख पदम बुढाले बताउनु भयो । उनले भने गर्भवतीले लगाउनु पर्ने २ वटा खोप लगाउने गरेका छौँ र उनिहरुलाई आइरन चक्की लगायतका औषधी दिएर पठाएका छौ भने यस वर्ष मात्रै ६ जनी महिला सुत्केरी भइन् तर सबै आमाहरुको ज्यान बचेपनि एक जना बच्चाको मृत्यु भएका छन् भने सबै घरमै सुत्केरी भएकि हुँन् । सुत्केरी हुँनेमा धनरुपा भण्डारी, उपरी बुढा, हिरकला रोकाया, सोउनी बुढा, बसन्ती रोकाया रहेका यहै वर्ष सुत्केरी भएको बताउनु भयो ।
जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा घरभित्रै सुत्केरी हुनेमा सबैभन्दा धेरै ताँजाकोट गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले बताउनु भयो । उनले कति जना घरमै सुत्केरी भएका छन् भन्ने कुरा ठ्क्कै थाहा नभएको तर ताँजाकोटको मासपुर टाढा भएकाले घरमै सुत्केरी हुँने गरेको बताउनु भयो ।
उहाँका अनुसार पछिल्लो समय यस किसिमको सम्पुर्ण तथ्याङ्क गाउँपालिकामै हुँने र स्वास्थ्य सेवा कार्यालयको काम भनेको अनुगमन , तालिम गोष्ठी मात्र हुँने भएकाले आफुले अहिले यस बारेमा ठ्क्कै थाहा नभएको बताउनु भयो ।
‘शून्य होमडेलीभरी’ गराउने अभियानका लागि चुनौतीपूर्ण हो, महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम अझै प्रभावकारी बनाउनुपर्छ’ भनेपनि उक्त गाउँमा भने सचेतनाले काम नगर्ने र यहाँ एउटा नियमित बर्थिङ सेन्टर सञ्चालनको अनुमती र यसमा आवश्यक स्वास्थ्यकर्मी बनाइदिनु पर्ने स्थानीय राम बहादुर बुढाको भनाइ छ ।
यता गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र बहादुर शाहीले पनि मासपुरमा होमडेलीभरी नै हुँने गरेको स्वीकार गर्नु भयो । उहाँका अनुसार गाउँपालिकाको केन्दबाट यो गाउँ निकैनै टाढा भएकाले समस्या भएको र यहाँ बर्थिङ सेन्टर आवश्यक रहेकाले आफुले निरन्तर प्रयास गरीरहेको प्रतिकृया दिनु भयो ।
परम्परागत विधि प्रयोग गरेर सुत्केरी गराउँदा आमा र शिशु दुवैको ज्यान खतरा हुन्छ । मातृ मृत्युदर, नवजात शिशु मृत्युदर कम गरी संस्थागत सुत्केरीको संख्या बढाउने अभियानमा स्थानीय तह, स्वास्थ्य संस्था सहित सरोकारवाला निकायहरू सक्रिय भएको भएपनि भौगोलिक विकटा र बर्थिङ सेन्टरको अनुमति नदिदा समस्या भएको वडा अध्यक्ष शाहीको भनाइ छ ।
अनमीको लापरबाही
सिप नेपाल र ट्रस नेपालको साझेदारीमा बर्थिङ सेन्टर निर्माण गरे लगत्तै एक जना अनमीको व्यवस्था गरेको छ । तर उहाँ कहिले काँही आउने गरेको त्यहाँका स्थानीयको भनाई छ । हुनपनि उहाँको घरबाट आउन जान समस्या छ उनि ताँजाकोट गाउँपालिका ४ डोप्क्या भन्ने गाउँकी करुण कुँबर हुँन् ।
उहाँ कहिले केही काम कहिले अर्को काम परेको भन्दै नआउने गरेको गाउँका स्थानीय नागरिकको भनाई भनाई छ । यता वडा अध्यक्षले भने यस्तो सम्बेदनशिल क्षेत्रमा यस्तो गर्न नहुँने प्रतिकृया दिनै तत्काल निर्देशन दिने बताउनु भयो ।
महिला स्वयम् सेबीकालाई दुख
२६ घरधुरी भएको मासपुर गाउँमा एक जना महिला स्वास्थ्य स्वयम् सेवीका राखीएको छ तर उहाँलाई हरेक महिनाको प्रतिवेदन बुझाउन देखी माषिक बैठकमा जान निकै समस्या भएको छ । मासपुरबाट स्वास्थ्य शाँखामा पुग्न हिडेर जान पुरा एक दिन लाग्छ ।
जंगलको बाटो हिडेर करिब ३ घण्टा हिडेपछि सडक भएको ठाउँ मैतार्ना सम्म पुगिन्छ तर त्यहाँ नियमित यातायात नचल्ने भएकाले पनि समस्या भएको छ । मैतार्नाबाट गाउँपालिका सम्म जानको लागि बाईक रिजर्भ गर्ने हो भने करिब ३ हजार रुपैया लाग्ने भएकाले पनि हिडेर जानुको विकल्प छैन । भोली माषिक वैठक हुँदैछ भने आज बिहानै हिडेर साँझ गाउँपालिकामा पुग्ने, पछिल्लो दिन बैठक सकेर पछिल्लो साँझमात्रै घर पुगिने भएकाले एउटा बैठकको लागि ३ दिन खर्च गर्नु पर्ने साथै सोही अनुसार पैसा पनि आवश्यक पर्ने भएकाले कहिले काँही मात्र जाने गरेको महिला स्यम्सेवीका धनरुपा भण्डारीले बताउनु भयो ।
काखमा १ वर्षको बच्चा च्यापेर जानपनि समस्या छ उता हरेक महिना गरेको कामको विवरण ल्याएर यतै आउनु पर्ने भन्छन् तर जान सकिदैन समस्या छ । उनले भनिन् यता अनलाइनबाट पठाउने व्यबस्था गर्दिन पाए हुँन्थ्यो ।–––कालीबहादुर थापा
