नेपाल बिमा प्राधीकरण प्रदेश कार्यालय सुर्खेतले हरेक स्थानीय तहमा गएर अभिमुखीकरण गरीरहेको छ । सहायक निर्देहक विपना पन्थीको नेतृत्वमा हुम्लाको अदानचुली गाउँपालिकामा आएर हुम्लाको अदानचुली गाउँपालिकामा बिमा सम्बन्धी छलफल तथा अन्त्रकृया कार्यक्रम गरेको सहायक प्रथम पशुपता थापाले बताउनु भयो ।
अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा सम्पुर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा अन्य सरोकारवाला निकायहरुसको उपस्थितीमा बुधबार प्राधीकरणको परिचय सहित यसले गर्ने काम कतब्र्य तथा अधिकारहरु, बिमा सम्बन्धी कानुनी व्यबस्था, विमाको किसिम, आधारभुत शिद्धान्त,बीमाले गर्ने रक्षावरण, बीमाको महत्व सँगै नेपाल सरकार द्धारा बीमा शुल्क अनुदान छुटसम्बन्धी सीमा सम्बन्धी अभिमुखीकरण गरेको सहायक निर्देशक भिमबहादुर माझीले बताउनु भयो ।
२०७९ सालमा मात्र सुर्खेतमा प्रदेश कार्यालय स्थापना भएको र प्रदेशभरीका सबै स्थानीय तथहमा गएर बिमा सम्बन्धी अभिकरण गराउने लक्ष भएकाले अधिकांसमा पुगी सकेको र केहीमा आउदो वर्ष पुग्ने लक्ष राखीएको सहायक निर्देशक माझीले बताउनु भएको छ । उपस्थितीत सबैलाई प्रशिक्षित गराउँदै सहायक निर्देशक माझीले बिमाभनेको बिपत्तीको वित्तीय शाक्षी भएकाले सबैले बिमा गर्नु पर्ने र गाउँमा आउने अभिकर्ता वा अन्य यस सम्बन्धी जानकारी भएकाहरुसँग राम्रोसँग बुझेर मात्रै विमा गर्न अनुरोध गर्नु भएको छ ।
यस्तै कृषि, पशुपन्क्षी तथा जडीबुटी बीमा, प्राकृतिक प्रकोप दुर्घटना बीमा, सम्पत्ति बीमा, घर तथा भवन बीमा, दुर्घटना बीमा,स्वास्थ्इ बीमा, सवारी बीमा र लघु बीमाहरुको बारेमा उपस्थित सबैलाई जानकारी गराउँदै अब जिवन विमा मात्र नभई निर्जिबन बिमामा गर्न जोड दिनु भयो ।
सहयक निर्देशक विपना पन्थीले कोही कसैलेपनि हौसीउर विमा गर्न नहुँने बताउनु भएको छ । उहाँका जिवन विमा आ आफ्नो क्षमता अनुसार गर्ने भएपनि दुर्घटना विमा, घर विमा, पशु विमा तथा सवारीसाधन विमा अनिवार्य गर्न अनुरोध गर्नुभयो ।
