उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोटमा तिन जना सम्मानित ।


उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोटमा तिन जना सम्मानित भएका छन् हुम्लाको ताँजाकोट गाउँपालिकाले गाउँपालिका स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत तिन जना उत्कृष्ट कृषकलाई प्रदान गरेको छ । विगत देखी चालु आर्थिक वर्ष सम्म गाउँपालिकाभरीका कृषकहरु मध्ये उत्कृष्ट कृषकलाई गाउँपालिकाले नगद पुरस्कार हस्तान्त्रण गरेको छ ।

गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषक पुरस्कार कार्यविधि २०८२ अनुसार छनौट समितिबाट सिफारीस भएका तिन जनालाई नगद, प्रमाण पत्र सहित पुरस्कृत गरीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावतले बताउनु भयो । उनका अनुसार गाउँपालिकाले बनाएको छनौट समितिले गाउँपालिकाभरीका व्यवषयिक कृषि फर्म समुहहरुको अनुगमन गरी ३ वटा समुह तथा फर्महरुलाई छनौट गरी आज उनिहरुलाई पुरस्कृत गरीएको बताउनु भयो ।

गाउँपालिकाको कृषि शाँखाले पुरस्कारको लागि जारी गरेको सुचना अनुसार ११ वटा व्यवषयिक फर्म र ८ वटा समुहहरुले आवेदन गरेको र उनिहरु सबैको अनुगमन गर्दा ताँजाकोट गाउँपालिका वडा नम्बर ५ मा सञ्चालित हिमाली पशुपाल फर्मका सञ्चालक दान बहादुर बुढाले ६ सय वटा भेडा पालन गरी ब्ष्वषय गरी रहेको पाइएकाले उनलाई गाउँपालिका भरीकै उत्कृष्ट कृषक घोषण गरी २५ हजार नगद सहित प्रमाणपत्रले पुरस्कृत गरीएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।

उहाँका अनुसार सोही गाउँपालिका वडा नम्बर १ बौल्यानामा सञ्चालीत बौल्याना कृषि फर्मका सञ्चालक कृष्णबहादुर खड्काले २ सय वटा किबि र ९ सय वटा स्याउका बिरुवाहरु लगाई फल दिई रहेकाले उनलाई गाउँपालिका भरीकै दोस्रो उत्कृष्ट कृषकको रुपमा घोषणा गरी प्रमाण पत्र सहित १५ हजार नगद ले पुरस्कृत गरीएको बताउनु भयो । यस्तै वडा नम्बर ५ सात्तीकै सुशिललय कृषि बन तथा नर्सरी फर्मका सञ्चालक जय बहादुर बुढाले यहि वर्ष मात्र ९ हजार विरुवा उत्पादन गरी बिक्री गरेको पाइएकोमा उनलाई गाउँपालिका भरीकै तेस्रो उत्कृष्ट कृषक घोषणा गरी प्रमाणपत्र सहित १० हजार नगद पुरस्कार हस्तान्त्रण गरीएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।

गाउँपालिकाभरीका कृषकहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरी सम्पुर्ण कृषकहरुकै बिचमा उनिहरुलाई पुरस्कृत गरीएको कृषि प्राविधिक शक्ति बुमीले बताउनु भयो ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     ९ असार २०८३, मंगलवार ०७:२१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *