हुम्ला र बाजुरा जिल्ला बीच भएमो सीमा स्वामित्वका विषयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संघर्ष गर्ने भएको छ । पार्टी एकिकरण पश्चात पहिलो पटक भएको एकिकरण भेलाले तिन वटा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाले आज सार्वजनिक गरेको कार्यक्रममा सैपाल कर्णालीलाई सीमा क्षेत्र मान्दै हुम्ला र बाजुराको सीमा निर्धारण गर्न राज्यलाई दवाव दिने, प्रदेशबट विनियोजित भएको विभिन्न योजनाहरुको भण्डाफोर अभियान सञ्चालन गर्ने र सरकारको गैरजिम्मेवार सैली महंगी र विदमान सबै खाले भ्रष्टाचारको विरुद्ध तथ्यगत संघर्ष सञ्चालन गर्ने निर्णय नेकपा हुम्लाले गरेको छ । गएको वैशाख २४ गतेदेखि दुई जिल्लाको सीमा क्षेत्र लामपाटा रानीखर्कमा भएको विवादका विषयलाई लिएर दुई जिल्ला बीच अनेक खाले विवाद भैरहेका वेला दलगत रुपमा संघर्षको कार्यक्रम घोषणा गर्ने नेकपा जिल्लाको पहिलो दल बनेको छ । दुई जिल्ला बीच विभिन्न समयमा भएका विवादले हुम्लाका २१ र बाजुराका २ जना अहिले प्रहरी हिरासतमा रहेका छन् ।
जिल्लाका वामपन्थीसँग सहार्य र एकताका लागि अघि बढ्ने निर्णय गर्दै नेकपा हुम्लाको भेला सम्पन्न
कम्युनिस्टहरुको अस्थित्व रक्षाका लागि पनि हुम्ला जिल्लाका वामपन्थीहरुको कता अपरिहार्य रहेको निस्कर्ष निकाल्दै नेपाली कम्युनिष्ट पार्टी (नेपका) हुम्लाको एकता भेला सम्पन्न भएको छ । तत्कालीन माओवादी केन्द्र र एकिकृत समाववादी लगायतका दलहरुबीच एकिकरण पश्चात पहिलो पटक यहि सोमबार मंलबार जिल्ला सदरमुकाम सिमकोटमा आयोजना गरिएको एककरण भेलाले राष्ट्रिय अखण्डता, राष्ट्रिय एकिकरण लगायतन जनजीविकाका सवालहरुको रक्षाका लागि पनि हुम्ला देखि नेपालसम्म कुनैपनि हालतमा वाम एकताको विकल्प नभएको निचोड भेलाले निकालेको नेकपाका जिल्ला इन्चार्ज हस्तबहादुर शाहीले जानकारी दिनु भएको छ । भेलाका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई संवोत्रन गर्दै इन्चार्ज शाहीले भन्नुभयो ………..
कार्यक्रममा पार्टीका नेता तथा पुर्व प्रतिनिधिसभा सदस्य छिरिङिदम्डोल लामा कार्चेनले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिनु भएको छ । हुम्ला बाजुराबीचको सीमा स्वामित्वको विषयलाई उल्लेख गर्दै नेता लामाले हुम्लासँग एथेष्ट प्रमाण हुँदाहुँदै पनि बाजुराले हुम्लीवासीप्रति दिएको प्रतिक्रिया निकै खेदजनक रहेको बाउदैं भन्नुभयो …..
विभिन्न कम्युनिस्ट पार्टीहरु बीचको एकिकरणले दलहरुको जोडिएको सम्बन्धलाई थप मजवुत बनाउने काम भएको बताउनु भएका जिल्ला संयोजक डा. दिपेन्द्र रोकायाले शंसारको गन्तव्य हुम्ला बनाउनका लागि बनाउन दलहू मात्र नभएर सबै एकजुट हुनु पर्नेमा जोड दिदैं भन्नुभयो …..
कर्यक्रममा नेकपाले दुई दिनसम्म आयोजना गरेको भेलाको निर्णयहरुलाई समेत सार्वजनिक गरिएको छ । विभिन्न २१ वटा निर्णय गरेको नेकपाले एकिकरणको कामलाई आगामी असार ३१ ग्तेसम्म वडातहसम्ममा लैजाने, २१ वटा विभागहरु ग्ठन गर्ने काम समेत गरेको छ । जिल्लाको अर्धवार्षिक कार्य योजना समेत तयार पारेको नेकपाले जिल्लाका विविध विषयमा सांगठानिक समिक्षा सहितको निर्णय गरेको जनाएको छ । पार्टीका जिल्ला इन्चार्ज हस्तबहादुर शाही, सहइन्चार्ज रंगमल रोकाया र जिल्ला संयोजक डा. दिपेन्द्र रोकायाद्धारा हस्ताक्षरित प्रस विज्ञप्ती अनुसार नेकपा हुम्लाले पार्टीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, केन्द्रीय सदस्य नरेश भण्डारी, प्रदेश अध्यक्ष विमला केसी लगायतका नेताहरुको उपस्थितीमा दुई दिने जिल्लाको एकिकरण भेलाका आयोजना गरेको जनाएको छ ।
