अदानचुली गाउँपालिकाको कार्यालय सार्वजनिक बिदामा पनि खुला रहने ।


आर्थिक वर्ष सकिनै लाग्दा हुम्लाको अदानचुली गाउँपालिकाले सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप बढेकाले शनिबार र आइतबार बिदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले बताउनु भयो ।

उहाँका अनुसार आर्थिक वर्ष सकिन एक हप्ता मात्रै बाँकी रहेकाले शनिबार र आइतबारको नियमित सार्वजनिक बिदाको दिनमा पनि कार्यालय पूर्ण रूपमा सञ्चालन हुने बताउनु भयो । उहाँले बिदाका कारण विकास निर्माण, प्रशासनिक तथा वित्तीय काम प्रभावित हुन सक्ने भएकाले यसपटक बिदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरिएको बताउनुभयो ।

कार्यालय सञ्चालन हुने भएकाले आवश्यक सेवा लिन सेवाग्राहीलाई कार्यालयमा उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ । आर्थिक वर्ष सकिन १ हप्ता मात्र बाँकी रहँदा गाउँपालिकाले गर्नु पर्ने अधिकांस काम भैसहेको र बाँकी रहेका कामहरुपनि समयमै सम्पन्न गर्नको लागि यस भोली पर्सिको विदामा पनि निरन्तर कार्यालय सञ्चालन गरिने बताउनु भयाे ।

प्रकाशित मितिः     १९ असार २०८३, शुक्रबार १७:००  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *