प्रधानाध्यापकहरुलको लागि अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न


अदानचुली गाउँपालिकामा भएका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुलाई अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी एक दिने कार्ययोजना निर्माण तथा कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न भएको छ। अदानचुली गाउँपालिकामा भएका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुलाई अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी एक दिने कार्ययोजना निर्माण तथा कार्यान्वयन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

अदानचुली गाउँपालिकामा भएका सम्पुर्ण सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुलाई सरकारले दिने भनिएको अनिवार्य र निशुल्क शिक्षा सम्बन्धी व्यबस्थाहरु, यस सम्बन्धी कानुन तथा कार्यविधिहरुको बारेमा जानकारी गराइएको शिक्षा शाँखामा कार्यरत मनदत्त ढकालले बताउनु भएको छ ।

उहाँका अनुसार शिक्षा शाँखा प्रमुख टिका उपाध्यायको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा उद्ध्घाटन गरीएको उक्त कार्यशाला गोष्ठीमा सामुदायिक विद्यालयहरुमा दिईने शिक्षालाई निशुल्क बनाउनका लागि सरकारले बनाइएका कार्यान्वय कार्ययोजनाहरुको समेत छलफल गरीएको बताउनु भएको छ ।

सार्वजनिक विद्यालयहरुले विद्यार्थी भर्ना शुल्क, माषिक पढाई शुल्क, परिक्षा शुल्क, पाठ्यपुस्तक बापतका शुल्क लगायत अन्य कुनैपनि शुल्क लिन नपाई व्यवस्था गरिएको छ । यो सँगै सरकारले २०८५ साल बैशाख १ गतेपछि सामुदायिक विद्यालयबाट आधारभुत विद्यालय कक्षा ८ उत्तिण नगरेको विद्यार्थी कुनैपनि संघसंस्था, वा सरकारी सेवामा निर्वाचत तथा नियुक्त उन नपाउने व्यबस्था समेत गरेको छ । यसैगरी १४ वर्ष मुनिका विद्यालय नजाने बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउने जस्ता निति अगाडि सारीएकाले विद्यालयका प्रधानाध्यापकहरुलाई जानकारी गराइएको बताउनु भएको छ ।

प्रकाशित मितिः     २० असार २०८३, शनिबार १९:५४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *