शिक्षा, युवा तथा खेलकुद शाँखाले अदानचुली गाउँपालिकामा भएका विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई विद्यालय बाहीर रहेका बालबालीकाहरुको भर्ना र शिकाई निरन्त्रता सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।
शाँखा प्रमुख टिका उपाध्यायको अध्यक्षतामा सुरु भएको उक्त गोष्टिमा गाउँपालिकामा भएका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कार्यरत २।२ जना शिक्षकहरुलाई विद्यालय बाहीर रहेका बालबालीका, सिमान्तकृत, अपांगता लगायत समता सुचकांकमा पछाडी परेका बालबालीकालाई के कसरी भर्ना गर्न सकिन्छ भन्ने विषयमा अन्त्रकृयात्मक गोष्ठि सम्पन्न भएको शिक्षा युवा तथा खेलकुद शाँखामा कार्यरत शिक्षा अधिकृत मन्दत्त ढकालले बताउनु भयो ।
नेपाल सरकारले विविध कारण बिद्यालय भर्ना नभई बाहीर रहेका बालबालीकालाई जसरी पनि व्दिालयमा भर्ना गराई शिक्षा दिने उद्देश्यले यस किसिमका विद्यालय भर्ना गराई रहेको बताउँदै आ आफ्नो सेवा क्षेत्रभित्र रहेका बालबालीकालाई भर्ना गराउने विषयमा छलफल गरीएको बताउनु भएको छ । यो सँगै सरकारले २०८५ साल बैशाख १ गतेपछि सामुदायिक विद्यालयबाट आधारभुत विद्यालय कक्षा ८ उत्तिण नगरेको विद्यार्थी कुनैपनि संघसंस्था, वा सरकारी सेवामा निर्वाचत तथा नियुक्त उन नपाउने व्यबस्था समेत गरेको छ ।
यसैगरी १४ वर्ष मुनिका विद्यालय नजाने बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउने जस्ता निति अगाडि सारीएकाले विद्यालयमा कार्यरत शिक्षकहरुलाई जानकारी गराइएको बताउनु भएको छ ।
