पहिरोमा परी घाइते भएका खर्काला शाहीको थप उपचारका लागि सुर्खेत लगियो ।।


शनिवार दिउसो हुम्लाको अदानचुली गाउँपालिका वडा नं ५ को भेरामा गएको पहिरोमा परी घाइते भएका करगईका खर्काला टेकबहादुर शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।

शनिवार राती देखी परेको निरन्तरको वर्षा पछि बिहान ११ बजेको समयमा बाख्रा चराउदै गर्दा एक्कासी बुको पहिरो आउदा उनि सख्त घाइते भएको थिए । उनिसँगै रहेका अर्का बिरबल रोकाया पहिरो आउँदा नजिकै रहेकोसानो वडामा छिर्दा उनलाई केही नभएको र घाइते भएका शाही दौड्ने क्रममा टाउकोमा ढुंगा लाग्दा सख्त घाइते भएका हुँन् ।

बाख्रा राखेको खर्कमा पहिरो गएको खबर पाउने बित्तिकै गाउँबाट गएका २०।२२ जनाको टोली गएर घाइते शाहीलाई बोकेर श्रीनगर स्वास्थ्य चौकीमा ल्याएको र टाउकोमा गम्भिर चोट भएपछि थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिए पछि आज बिहान गाडी मार्फत सुर्खेत लगिएको वडा नम्बर ५ का वडा सदस्य सिंह बोहोराले बताउनु भयो ।

उहाँका अनुसार घाइते भएका शाही र रोकायाका गरी ७३ बाख्रा राखीएको उक्त खर्कमा पहिरोले पुर्दा हिजो के कती क्षती भयो भन्ने एकिन नभएको र आज त्यहाँका स्थानीयको सहयोगमा ७ वटा बाख्रा मृत फेला परेको र १८ वटा बाख्रा अँझै नभेटीएको बताउनु भयो । पहिरो गएको स्थान गाउँभन्दा निकैनै टाढा रहेको छ वर्षायाममा लेखका खर्कमा पशुवस्तु राख्ने परम्परागत चलन अनुसार जेठ महिनादेखि खर्कमा बिरबल रोकाया र टेकबहादुर शाहीले आफ्ना बाख्रा उक्त खर्कमा लिएका थिए । पहिरोमापरी घाइते भएका शाहीको टाउको र कानबाट रगत बगिरहेकोले थप उपचारका लागि सुर्खेत लगिएको बोहोराले बताउनु भयो ।

पहिरोमा छोपिएको आशंका गरिएका बाख्राको खोजिकार लागि आज (सोमबार) बिहानै देखि पहिरो स्थल ‘भेरा’ पुगेका स्थानीय दिप बहादुर रोकायाले भने, ‘बिहान अँध्यारै देखि खोज्दा जंगलका विभिन्न ठाउँमा रहेका ४७ बाख्रा भेटायौ । ति मध्ये ३ वटा पहिरोका ढोल (ढुंगा) लागेर बिरामी अवस्थामा छन् । खर्क भएको स्थानमा पहिलो पञ्छाउँदा ७ बाख्रा मात्रै मरेका निकाल्न सकियो । अरु १८ वटा बाख्राको कुनै पत्तो नभएपछि पहिरोमै पुरिए होलान भनेर आश मारेर घर फर्किएको बताउनु भयो ।

निकै माथिबाट खसेको पहिरोले धेरै ठूलो भएको बताएका रोकायाका अनुसार उनका सवदर दाजु करगइ गाउँका बिरवल रोकाया र टेकबहादुर शाहीका कति कति हुन् भन्ने अँझै एकिन गर्न सकिएको छैन । पहिरोमा छोपिएका बाख्राहरुको खोज उद्धारका लागि बिहान गाउँबाट गएका यूवाहरुको टोली मरेका ७ बाख्रा ल्याएर फर्किरहेको रोकायाले बताउनु भएको छ ।

स्थलगत मुचुल्का उठाउन प्रहरी गाउँमा
‘भेरा’मा गएको पहिरोबाट भएको क्षतीको स्थलगत मुचुल्का उठाउने प्रहरी करगई गाउँ पुगेको छ । घटना घटेको दुई दिन पछि क्षतीको विवरण संकलन गरेर एकिन गर्न गएको गल्फागाड प्रहरी चौकी घटना स्थलमा पुग्न नसकेर गाउँमा पुगेर बसेको छ ।

‘बिहानै देखि हामीलाई तपाईहरु कतिखेर आउनु हुन्छ भनेर प्रहरीले फोन गरेका गरेइ छन्’, पहिरोमा परेका बाख्राको खोज उद्धार गर्न पहिरो गएको स्थल पुगेको करगइका एक स्थानीयले आफ्नो नाम नखुलाउने सर्तमा भने ‘टाढा भयो अब हामी आएर के गर्नुछ । माथि पठाउने फोटा पनि खिचेर ल्याई दिनु हामी तपाईको गाउँमा कुरेका छौं भनेका छन् । हामीले पनि पहिरो स्थलका केहि फोटा र भिडियो खिचेका छौं । गएर दिनु पर्ला ।’

मरेका बाख्रा पिठ्युमा बोकेर गाउँतर्फ आउदै गरेको बताएका शाही थर भएका स्थानीयका अनुसार तत्काल उद्धारमा लाग्ने प्रहरीले नैं त्यसो भनेपछि आफूहरुलाई प्रकृती प्रकोप पर्दा भगवान भरोसा बाहेक केहि नहुने चिन्ता बढेको बताए ।

क्षतीको विवरण समेत प्रहरीको स्थलगत मुचुल्का नआउञ्जेलसम्म आधिकारिक नहुने कानूनी प्रक्रिया भएकाले अँझै पहिरोले पारेको क्षती एकिन हुन सकेको छैन् ।

प्रकाशित मितिः     २५ श्रावण २०८३, सोमबार १७:१२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *