सर्केगाडको साँया स्वास्थ्य चौकीमा मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउडा प्रतियोगिता गरिएको छ ।
सर्केगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित गुडनेवर्स ईन्टरनेसनल नेपाल र बहुक्षेत्रिय पोषण कार्यक्रमको आर्थिक सहयोग स्नोल्याण्ड एकीकत विकास केन्द्रको सहकार्य सायाँ स्वास्थ्य चौकिको समन्वयमा गाउँपालिका भरिका महिलाहरु विच मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउडा प्रतियोगिता गरीएको साँया स्वास्थ्य चौकीका प्रमुख बबरजंग पालले बताउनु भएको छ ।
पछिल्लो समय हिमाली जिल्ला हुम्ला लगायत कर्णाली क्षेत्रमा देउडाको महत्व भएकाले देउडा मार्फत सचेतना दिने उद्देश्यले यस किसिमको प्रतियोगिता गराइएको बताउनु भयो । देउडा प्रतियोगिताले सयौ नागरिकहरुको पनि उपस्थिती रहेको र अत्यन्तै उपलब्धीमुल रहने पनि बताउनु भयो । गाउँपालिका भरीबाट जम्मा सहभागी ६ वटा महिला समूहरु बिच प्रतिस्पर्धा गरि सबैलाई सम्मानजनक रुपमा पुरस्कार वितरण गरिएको पनि बताउनु भएको छ ।
देउडाले नागरिकलाई सचेत गराउन अत्यतै सहज माध्यम देउडा नै भएकाले पनि देउडा प्रतियोगिता मार्फत सचेत गराइएको बताउनु भयो ।
