मंगलबार दिउसो हुम्लामा बोलेरो जिप दुर्घटना भएको सडक स्तर उन्नतीको माग गर्दै हुम्लाका युवाहरूले लौठी–कालागाड सडकको स्तरोन्नतिको काम तत्काल सुरु गर्न माग गर्दै पूर्वाधार विकास कार्यालय र जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र बुझाएका छन् । आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेश सरकारले हुम्लाको अदानचुली गाउँपालिका स्थीत लौठी–कालागाड सडक स्तरोन्नतिका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि आर्थिक वर्ष समाप्त भइसक्दा समेत निर्माण कार्य सुरु नभएको भन्दै युवाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
जिम्मेवार निकाय पुर्वाधार विकास कार्यालय र निर्माण व्यवसायी तथा ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सडक स्तरोन्नतिको काम अघि बढ्न नसकेको युवाहरूको आरोप रहेको छ । सडकको अवस्था जीर्ण हुँदा अदानचुली गाउँपालिकाका लमई, पाल्स, करगई लगायत क्षेत्रका नागरिकलाई गाउँपालिकाको केन्द्र, स्थानीय स्वास्थ्य संस्था तथा विद्यालयसम्म आवतजावत गर्न कठिनाइ भइरहेको छ । विशेषगरी बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन तथा बालबालिकालाई सुरक्षित रूपमा विद्यालय पठाउन समेत समस्या भइरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
युवाहरूले समयमा काम सुरु नगरी सर्वसाधारणको ज्यान जोखिममा पार्ने जिम्मेवार ठेकेदार कम्पनीलाई कानुन बमोजिम तत्काल कारबाही गर्न माग गरेका छन् । साथै, ठेकेदार कम्पनीको लापरवाहीका कारण मंगलबार भएको जिप दुर्घटनाबाट भएको क्षतिको उचित क्षतिपूर्ति पूर्वाधार विकास कार्यालय वा सम्बन्धित निर्माण कम्पनीबाट तत्काल उपलब्ध गराउनुपर्ने माग समेत गरेका छन् ।
त्यसैगरी सडक निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नहुन्जेलसम्म दुर्घटनाग्रस्त तथा जोखिमयुक्त सडक खण्डमा तत्काल अस्थायी मर्मत गरी सुरक्षित रूपमा यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन युवाहरूले माग राखेको अदानचुली गाउँपालिका वडा नम्बर २ का युवा नवराज महताराले बताउनु भयो । सडक स्तरोन्नतिको काममा भइरहेको ढिलाइले स्थानीय नागरिकको दैनिक आवत जावत सँगै ज्यानको जोखिम समेत बढाएको बताउनु भयो । उहाँले नागरिकको समस्यालाई गम्भीरता पूर्वक लिएर सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।
यता पुर्वाधार विकास कार्यालयले भने आजै उक्त सडक निर्माणको जिम्मा लिएको डि एण्ड डि निर्माण सेवालाई आजको मितिले ३ दिन भित्र मुख्य निर्माण व्यवषायी आफै कार्यालयमा उपश्थित भई स्पस्टीकरणको लागि विशेष ताखेता गरेको पुर्वाधार किास कार्यालय हुम्लाका प्रमुख नरेश जैसीले बताउनु भयो ।
उक्त सडक मर्मतको लागि मिति २०८२ साल पुष २५ गते निर्माण कम्पनीसँग सम्झौता भएको र आजको मिति सम्मपनि सम्बन्धीत कार्यक्षेत्रमा कुनैपनि काम नभएको बताउँदै र्मिाण व्यवषायीले समयमै सडकको स्तरउन्नती कार्य नगरेका कारण हिजोको दुर्घटना निम्तिएको भन्ने व्यापक जनगुनासो आएकाले उक्त निर्माण कम्पनीलाई तिन दिन भित्र कार्यालयमा उपस्थित हुँन ताखेता गरीएको बताउनु भयो ।
यस किसिमका घटनाले कार्यालय प्रति आम नागरिकको धारणमा समेत नकारात्मक देखिन थालेको, कार्यालयबाट पटक पटक मौखिक तथा लिखित ताखेता हुँदापनि निर्माण कार्य के कति कारणले सञ्चालन हुँन नसकेको, तोकिएको अनुसार कार्यप्रगति नदेखीएको हुँनाले कानुन बमोजिम कारबाही गर्ने नगर्ने सम्बन्धमा स्पस्टीकरणको लागि ३ दिनको समय दिएर ताखेता गरीएको बताउनु भयो ।
