दुर्गम हिमाली जिल्ला हुम्लामा अब देखी घरघरमै राहदानी पुग्ने भएको छ ।
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ साल चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची अन्तर्गत बुँदा नं. २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने व्यवस्था गरिएको र सोही अनुसार शुक्रबार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाका कार्यालय विच सम्झौता गरीएको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाहीले बताउनु भयो ।
उहाँका अनुसार नेपाल सरकारको निर्णय अनुसार हुलाक मार्फत घरमै राहदानी (पासपोर्ट) मगाउँदा हुलाक शुल्क स्वरूप रु ५५ (पचपन्न रुपैयाँ) बराबरको हुलाक टिकट बापतको शुल्क लाग्ने बताउनु भयो । यस अघि फारम भरेका वा जिल्लामा राहदानी पुगेकाहरुको हकमा भने जिल्ला प्रशासन कार्यालयमा जानु पर्ने भएको छ । आजका मिति देखी लागु हुँने गरी सम्झौता गरीएको र सेवाग्राहीहरुले राहदानीको फारम भर्दा कहाँबाट लिने हो सोही अनुसारको फारम भर्ने र यदी घरमै मगाउने हो भने जिल्ला हुलाक कार्यालय मार्फत रु.५५ को टिकट टाँसेर राख्नु पर्ने बताउनु भयो ।
यस अघि सुस्त गतिमा रहेको हुलाक कार्यालयको लागि भने नयाँजिम्मेवारी थपिएको छ । यस अघि जिल्ला हुलाक कार्यालयबाट कुनैपनि काम नहुँने भएपछि कर्मचारीहरु हप्तादिनमा एक दिन काम गर्ने भएको भएपनि अब देखी दैनिकरुपमा काम गर्नु पर्ने भएको छ । हुम्ला जस्तो भौगोलीक रुपमा निकैनै टाढा रहेका गाउँहरुमा सहजै रुपमा नागरीकको घरघरमा राहदानी पुगाउने जिल्ला हुलाक कार्यालयका निमित्त हुलाक अधिकृत अक्कल बमको भनाई छ । उहाँका अनुसार हुलाक कार्यालयका हरेक गाउँपालिकामा इलाका हुलाक कार्यालयहरु रहेकाले उनिहरुलाई सकृय बनाई अबदेखी घरघरमै पुगाई दिने बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको रहोबरमा सहयाय प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाही र निमित्त हुलाक अधिकृत अक्कल बमले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
