अहिले सम्मकै ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद ।


हरेक वर्ष अबैध रुपमा व्यापार हुदै आएको चिनियाँ मदिरा यस वर्षपनि जिल्ला प्रहरी कार्यालय हुम्लाले अहिले सम्मकै ठूलो परिणाममा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि गरिएको हो ।

केहि दिन अघि मात्र व्यापारीक मेला लागेको थियो यस किसिमको मेला हरेक वर्ष लाग्ने परम्परा रही आएको छ सोही अवसरमा यस किसिमको गैरकानुनी तरीकाले मदिरा पनि भित्र्याइएको हुँन सक्ने आसंकाकै आधार नेपाल प्रहरी र ससस्त्र प्रहरी बलको प्रयासमा हुम्लामा ठूलो परिणामको अवैध चिनिया मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख संकर खड्काले बताउनु भयो ।

साउन २१ देखि २४ गते सम्म हुम्ला जिल्लाको उत्तरी छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बत स्थित पुराङ काउन्टीको लिलोङ भन्ने स्थानमा लागेको परम्परागत वस्तु विनिमय व्यापार मेला लागेको थियो उक्त मेलाबाट फर्किएका सवारी साधनहरूलाई आकस्मिक चेकजाँच गर्ने उदेश्यले साउन २७ गते गएको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वमा प्रहरी निरीक्षक युवराज ढकाल र सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर बि.क. को कमाण्ड, वरिष्ठ अनुसन्धान सहायक प्रकाश शाही र कोष नियन्त्रक कार्यालयबाट नायव सुब्बा तिलक पौडेल सहितको ४५ जनाको संयुक्त टोलीले नाम्खा २ को नावलथाङ भन्ने स्थानमा हरियो त्रिपालमुनि लुकाई छिपाई राखेको चाइनिज मदिरा झिनीगिन्टी र बोर्ड भाइजर बरामद गरी संयुक्त मुचुल्का उठाई साउन २८ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याई राखिएको थियो ।

उक्त मदिरा बरामदमा ससस्त्र प्रहरी बल र नेपाल प्रहरीको मुख्य भूमिका रहेको थियो । ५९४ काटुनमा ७ हजार १ सय २८ बोतल अवैध चिनियाँ मदिरा र १ सय ९४ काटुन बोर्ड भाईजर ४ हजार ६ सय ५६ बोतल गरी ५१ लाख ९३ हजार ६ सय बराबरको चिनियाँ मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । जंगलमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध चिनियाँ मदिरा बरामद भएको प्रहरी नायव उपरीक्षक खडकाले बताउनभयो । अबका दिनमा हिल्ला नाकाबाटै चाइनिज मदिरा भित्रिन नदनिका लागी नेपाल सरकारले बस्ने व्यवस्था, सवारी साभान, टेलिकमको व्यवस्था गरेका राम्रो हुने बताउनु भयो । भित्री जुनजुन नाका छ त्यसमा चेक प्वाइन्ट राख्ने तयारी भैरहेको पनि बताए ।

चिनियाँ अवैध मदिरा प्रतिबोतलको अनुमानित बजार दर ५०० सय र बोर्ड भाईजर बियरको ३५० मूल्य रहेको डिएसपी खडकाको भनाइ छ । नाम्खा गाउँपालिका–६ को लिमि लाप्चा नाकाबाट ठूलो परिणाम अवैध चिनियाँ मदिरा भित्रिएको हो ।
बरामद गरिएको चिनियाँ मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने भएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइले बताउनु भयो । साथै आगामी दिनमा मुलमै रोकने प्रयास रहेने र कानुनले कडा रुपमा कारवाही गर्ने पनि बताउनु भयो । अवैध मदिरा नियन्त्रणमा हुम्लाका सञ्चारकर्मी, राजनितिक दल, नागरिक समाज, उघोग वाणिज्य संघ, सरोकारवाला निकाय लगाएत सबैले आ— आफ्नो पक्षबाट प्रहरी प्रसासनलाई सहयोग गरेमा भोलिका दिनमा निरुत्साहित अथवा निर्मुल हुने बताउनु भयो ।

गत आर्थिक वर्ष २०८२।०८३ मा पनि जिल्ला प्रहरी कार्यालयले पटक पटक गरेर १० हजार ५६४ बोतल बरामत गरेको थियो भने यस आर्थिक वर्षको सुरु महिनामै ११ हजार ७८४ बोतल बरामत गरीएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी निरिक्षक युवराज ढकालले बताउनु भयो । उहाँका अनुसार अहिले सम्मकै एकै पटक यति धेरै मदिरा बरामत गरीएको पहिलो रेकर्ड रहेको बताउनु भयो ।

यता हुम्ला जिल्लाका अधिकांस क्षेत्रमा चियिा मदिरा विक्री वितरण भैरहेको छ । जिल्लाका वैद्ध तथा अवैद्ध नाकाहरुबाट हरेक वर्ष करोडोको चिनिया मदिराको व्यापार हुँने गरेको देखीन्छ तर यसको वास्तविक अनुसन्धान भने नगरेको स्थानीय अगुवाको भनाई छ । –––कालीबहादुर थापा

प्रकाशित मितिः     २९ श्रावण २०८३, शुक्रबार २०:१४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *