हुम्लामा फेरी अवैध चिनियाँ मदिरा बरामद ।।


नाम्खा गाउँपालिका २ छुङ्सा चौरमा अबैद्ध मदिरा फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइको नेतृत्वमा गएको अनुगमन टोलीले करिब ३९ लाख ६६ हजार रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा र बडवाइजर क्यान बियर बरामत गरी नष्ट गरेको छ ।

गएको महिनामा लागेको व्यापारिक मेलाबाट अबैद्ध मदिरा ल्याएको हुँन सक्ने आशंकाकै आधारमा अनुगमनका लागि गएको उक्त टोलीले छुङसा चौरमा लुकाइ राखेको अवस्थामा ६०६ कार्टुन अवैध चिनियाँ मदिरा, ५४ कार्टुन बडभाइजर (क्यान बियर) र एक कार्टुन हुस्की फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवाराज ढकालले बताउनु भयो । उहाँका अनुसार फेला पारे लगत्तै पमुख जिल्ला अधिकारी भोलान गुरागाई सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान,कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रतिनिधि, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा अवैध अखाद्य वस्तु चिनियाँ मदिरा नष्ट गरेको बताउनु भयो ।

सात हजार २ सय ७२ बोतल अवैध चिनियाँ मदिरा र एक हजार २ सय ९६ बोतल बडवाइजर (क्यान बियर) र १२ बोतल हुस्की नष्ट गरेको हो । गत साउन २८ गते नाम्खा गाउँपालिका २ को नावलथाङबाट पनि सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वको टोलीले ५ सय ९४ कार्टुन अवैध चिनियाँ मदिरा १९४ बडवाइजर बरामद गरेको थियो ।

हुम्लामा एक साताभित्रै प्रहरीले करिब ९१ लाख ५९ हजार बराबरको अवैध चिनियाँ मदिरा बरामद गरेको छ । गत आर्थिक वर्ष २०८२।०८३ मा पनि जिल्ला प्रहरी कार्यालयले पटक पटक गरेर १० हजार ५६४ बोतल बरामत गरेको थियो भने यस आर्थिक वर्षको सुरु महिनामै यति ठुलो मात्रमा बरामत गरीएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी निरिक्षक युवराज ढकालले बताउनु भयो । उहाँका अनुसार अहिले सम्मकै एक हप्तामै यति धेरै मदिरा बरामत गरीएको पहिलो रेकर्ड रहेको बताउनु भयो ।

यता हुम्ला जिल्लाका अधिकांस क्षेत्रमा चियिा मदिरा विक्री वितरण भैरहेको छ । जिल्लाका वैद्ध तथा अवैद्ध नाकाहरुबाट हरेक वर्ष करोडोको चिनिया मदिराको व्यापार हुँने गरेको देखीन्छ तर यसको वास्तविक अनुसन्धान भने नगरेको स्थानीय अगुवाको भनाई छ । यता प्रहरीले भने अनुसन्धान गरीरहेको जनाएको छ ।

प्रकाशित मितिः     १ भाद्र २०८३, सोमबार १९:५५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *