पौडी खेल्ने क्रममा कर्णाली नदिमा डुबेर २ जना बेपत्ता ।।


पौडी खेल्ने क्रममा कर्णाली नदिमा २ जना बेपत्ता भएकका छन् । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा दिउसो करिब २ बजेको समयमा कर्णाली नदीमा पौडी खेल्नेक्रममा २ जना बालबालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता युवराज ढकालले बताउनु भयो ।

उहाँका अनुसार खार्पुनाथ गाउँपालिका वडा नम्बर १ का रामचन्द्र रावलको छोरा, वर्ष १३ का प्रशान्त रावल र बृख शाहीकी छोरी अन्दाजी ११ वर्षकी अनु शाही कर्णाली नदिमा नुहाउने क्रममा बेपत्ता भएको खबर आएको र खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरीएको बताउनु भयो ।

यतिबेला कर्णाली नदिको तीव्र बहावले दुई बालबालिकालाई बगाएपछि उनीहरू बेपत्ता भएका छन् । बिहीबार बिहान करिब ११ बजेतिर खाना खाइसकेपछि नदी किनारमा नुहान गएका खार्पुनाथ–१ तल्लो लालीका दुई बालबालिका अचानक कर्णाली नदीको बहावले बगाएपछि बेपत्ता भएका हुन् ।

बेपत्ता भएका दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए । नदी किनारमा खेल्ने क्रममा दुवै बालबालिकालाई कर्णाली नदीको बहावले बगाएको हुँन सक्ने खार्पुनाथ गाउँपालिका–१ का वडा अध्यक्ष जयबहादुर शाहीले बताउनु भयो ।

उहाँका अनुसार घटना भएको खबर लगत्तै स्थानीयवासी, प्रहरी प्रशासन लगायत सुरक्षाकर्मीले कर्णाली नदीको किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान थालेका छन् तर नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शंकर खड्काले बताउनु भयो । उहाँका अनुसार दुई बालबालिका एकैपटक बेपत्ता भएपछि तल्लो लाली गाउँ शोकमा डुबेको छ बेपत्ता बालबालिकाको खोजी कार्यलाई तीव्र पारिएको छ ।

प्रकाशित मितिः     ४ भाद्र २०८३, बिहीबार १९:५२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *