गएको असाढ २९ गते बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले जिल्लाका उत्पादिा वस्तुहरुको मुल्य निर्धारण गरेपनि किषानहरुले उत्पादन गरेको स्याउ न्युनतम् मूलयमा विक्री गर्न बाध्य भएका छन् ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति केजी ६० रुपैया, बि ग्रेडको प्रति केजी ५० रुपैया र सि ग्रेडको प्रति केजी ४० रुपैया निर्धारण गरेपनि जिल्लाको तल्लो क्षेत्र अदानचुली र ताँजाकोटका किसानहरु प्रति केजी ३० देखी ४० रुपैयामा बिक्री गर्न बाध्य भएका छन् ।
बिगतका वर्षहरुमा स्याउ बिक्री नभई बाँदर र किराहरुले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ बिक्री गर्न थालेको अदानचुली गाउँपालिका वडा नम्बर ५ का किसान बिरबल सिंहले बताउनु भयो । उहाँका अनुसार दैनिक गुवालो लागेपनि बाँदरहरुले सकाउने गरेको र मौरी, अरिङ्गाल जस्ता किराहरुले खाएर सकाउन थाले पछि भाउ नपाएपनि बिक्री गर्न बाध्य भएको बताउनु भयो ।
पछिल्लो समय गाउँमा स्याउ खरिद गरिलिने व्यापारीहरु थुप्रै आउने गरेका छन् । यता स्याउपनि पाकेको छैन तर पनि स्याउ भण्डारण गर्ने भौतिक संरचना, नजिकै बजार र आफुसँग सवारी साधन नभएकाले बाध्यात्मक परिस्थीतीमा न्युनतम दररेटमा भएपनि विक्र गर्न लागेको बताउनु भयो ।
यता अर्का किषान दिपसिंहले पनि गत वर्षहरुमा बिक्री वितरण नभइ स्याउ कुहिएर जाने भएकाले विक्री गर्न लागेको स्वीकार्दै अदानचुली गाउँपालिका वडा नम्बर ५ का काँखे करगई र बारीबाट मात्रै करि १ ट्रक स्याउ टिपेर संकलन गरीरहेको बताउनु भयो उने स्याउ व्यापारी नजिकैका मुगु जिल्ला सोरु गाउँपालिका १० धैनका धनमल शाहीले आफुलाई स्याउ संकलन गर्न भने पनि आफुले संकलनको जिम्मा लिएको अहिले सुर्य शाहीका २५ पेटी, दिप शाहीका १५ पेटी, जित बहादुर शाही ३०, प्रेम शाहीका ५, हेमराज शाहीका ३०, मेखमल शाहीका १०, दिपबहादुर शाहीका १० काटुन, दत्त सिंहका ६५ काटुन जम्मा गरेको बताउनु भयो ।
छिमेकी गाउँपालिका ताँजकोटबाट स्थानीय किषान समेत रहेका व्यापारी देबी बैजीले गाउँपालिकामा भएका स्याउहरु जम्मा गरेर करिब ५० कुईटल स्याउ सुर्खेत लगेर विक्रि गरेको बताउनु भयो उनले गाउँमा प्रति केजी ४५ मा खरिद गरि सुर्खेतमा १ सय ५ रुपैयामा बिक्री गरेको बताउँदै किषान र व्यापारी दुबैलाई फाईदा भएको बताउनु भयो ।
मुगु जिल्लाबाट हुम्ला स्याउ खरिदको लागि आएको व्यापारी धनमल शाहीले भने जिल्ला दर रेट अनुसार दिन नसकिने बताउनु भयो उनले अहिले प्रति केजी ३० देखी ४० रुपैया सम्म मात्र हाल्न सकिने बताउनु भयो किषानको बारीबाटै उठाउनु पर्ने र काठमाडौ सुर्खेत सम्म लैजान समस्या हुँने भएकाले जिल्ला दर रेट अनुसार खरिद गर्न नसकिने बताउनु भयो उनले किषानहरुकै ज्याला लागु हुँदैन भने स्याउमा जिल्ला दररेट लागु गर्न नसकिने बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दररेट निर्धारण समितिले प्रति केजी ६० रुपैया सम्म निर्धारण गरेपनि किसानहरुको समस्या, बजारको अभाव तथा भण्डारणको समस्याकै कारण यहाँका किषानहरु न्युन मुल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन् ।–––कालीबहादुर थापा
