खच्चा खण्डमा पहिरोको जोखिम, कामदारदेखि यात्रुसम्मको सुरक्षाका लागि बाँसको घेरा ।।


कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका १ को खच्चा खण्ड सधैँ सुक्खा पहिरोको जोखिममा रहने सडकखण्डका रूपमा परिचित रहेको छ । सडकभन्दा माथिको भिरालो जमिन कमजोर भएका कारण जुनसुकै बेला ढुंगा तथा माटो खस्ने जोप्जिजबखम कायमै रहेको छ ।

खच्चा खण्डको जोखिमलाई मध्यनजर गर्दै सडक निर्माण तथा स्तरोन्नतिको काममा खटिएका कामदार कर्णाली करिडोरमा आवतजावत गर्ने यातायातका साधन तथा यात्रु र पैदलयात्रीको सुरक्षाका लागि सडकको माथिल्लो भागमा बाँसको सुरक्षा घेरा निर्माण गरिएको छ । भिरालो जमिनबाट ढुंगा–माटो खस्न सक्ने सम्भावित जोखिमलाई केही हदसम्म नियन्त्रण गर्न र सडकमा गुडिरहेका सवारीसाधन तथा मानिसलाई सुरक्षित राख्ने उद्देश्यले बाँसको बार लगाइएको हो । पहिरो प्रभावित क्षेत्रमा लामो दूरीसम्म बाँस तथा काठको संरचना बनाएर सुरक्षा व्यवस्था गरिएको निर्माण गरिको छ ।

खच्चा खण्डमा बर्खामा पानीजन्य पहिरो र सुख्खा मौसममा समेत सुक्खा पहिरो तथा ढुंगा खस्ने समस्या दोहोरिँदै आएको छ । सडकभन्दा माथि रहेको कमजोर भू–भागका कारण सामान्य वर्षा, जमिनमा कम्पन वा प्राकृतिक रूपमा माटो खुकुलो हुँदा समेत पहिरो खस्ने जोखिम रहने गरेको स्थानीय डिलबहादुर कार्कीले बताउनु भयो । कर्णाली करिडोर हुम्लाको यातायात तथा दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि प्रमुख सडक हो। यही सडक हुँदै यात्रु, खाद्यान्न, निर्माण सामग्रीलगायतका सामान ओसारपसार हुने भएकाले सडकमा हुने पहिरोको जोखिमले प्रत्यक्ष रूपमा जनजीवन प्रभावित पार्ने गरेको छ ।

अहिले बाँसको घेरा निर्माण गरेर तत्कालका लागि सुरक्षात्मक उपाय अपनाइएको भए पनि यसले खच्चा खण्डको पहिरो समस्याको स्थायी समाधान भने गर्न सक्दैन । पहिरोको जोखिमलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्न भौगर्भिक अध्ययन, पानीको उचित निकास, पहिरो नियन्त्रणका संरचना, रिटेनिङ वाल तथा आवश्यक स्थानमा जैविक इन्जिनियरिङ प्रविधि प्रयोग गर्नुपर्ने आवश्यकता देखाइदै आएको छ ।

स्थानीय नागरिकका अनुसार सडकमा यात्रा गर्दा माथिबाट ढुंगा वा माटो खस्ने त्रास सधैँ रहने गरेको छ । त्यसैले सडक प्रयोगकर्ता र कामदारको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षा संरचना निर्माण गर्नुपर्ने उनीहरूको माग रहेको छ । कर्णाली करिडोरको खच्चा खण्डमा अहिले बाँसको बारले तत्कालीन सुरक्षा दिने प्रयास त गरिएको छ सडक भन्दा माथिको फुस्रो माटो हुने ठाउँमा बिच बिचमा बाँसका डण्डीको बार लगाइएको छ । निरन्तर बगी रहने जमिनमा बाँसको बार रोप्दा केही हदसम्म भएपनि माथिल्लो भागको माटो र ढुंगा सोत रुपमा सडकमा नखस्ने बनाइएको छ । काम गर्दैगर्दा वा यात्रु हिडेको समयमा माथिबाट सजिलो तरिकाले जमिन र ढंगा जोगाउन त्यस्तो उपाय अपनाइएको छ ।

प्रकाशित मितिः     ११ भाद्र २०८३, बिहीबार १८:२८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *