इजाजतबिनै जडीबुटी संकलन रोक्न संकलनको लागि २१ दिने सूचना जारी


हुम्लाको चंखेलीमा बाह्रै महिना अबैद्धरुपमा जडीबुटी सङ्कलन ।।

हुम्लामा जडीबुटी संकलनको इजाजत लिनको लागि भदौ २९ गते मात्रै डिभिजन वन कार्यालयले सुचना जारी गरेपनि हुम्लाको चंखेली गाउँपालिकाका विभिन्न बनहरुमा बाह्रै महिना अबैधरुपमा जडीबुटी संकलन हुँने गरेको छ । हुम्लाको सबै भन्दा धेरै जडी बुटी पाइने चंखेलीका विभिन्न क्षेत्रहरुमा बाह्रै महिना केही व्यक्तिहरु अवैद्ध रुपमा जडीबुटी संकलन गर्ने गरेको बागेढुंगा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रंगबहादुर शाहीले बताउनु भयो ।

चंखेली गाउँपालिका वडा नम्बर २ मा रहेको उक्त सामुदायिक वनमा ७ वटा ठाउँमा जडीबुटी पाइने भएपनि लादुसिमेलीबाडा, रातापानी क्षेत्र, हरीनाथको कोर्ने पाटी र तिखेजुर वनबाट बाह्रैमहिना संकलन गर्ने गरेको बताउनु भयो ।

जिल्लामा मुख्य आम्दानीको स्रोत जडीबुटी सामुदायिक वनको निर्णयविनै स्थानीय व्यापारीहरुले जडीबुटी संकलन गर्ने गरेको उनिहरुलाई पटक पटक भन्दापनि नमानेको बताउनु भयो । यता डिभिजन बन कार्यालयले भने उक्त क्षेत्र सामुदायिक वन भएकाले सामुदायिक वनले नै कारबाही गर्नु पर्ने सबडिभिजन कार्यालय सर्केगाडका प्रमुख बाबुलाल बम्जनको भनाइ छ । उहाँका अनुसार आफुहरुले पनि १५।२० दिनको एक पटक अनुगमन गर्ने गरिरहेको भएपनि त्यसरी अवैद्धरुपमा संकलन गर्नेहरु कोही कसैलाई नभेटेको बताउनु भयो । यदी भेटीएको खण्डमा कारबाहीको दायरामा ल्याइने पनि बताउनु भयो ।

त्यतिमात्र नभई चंखेली गाउँपालिका वडा नम्बर ३ मा पनि अवैद्धरुपमा जडीबुटी संकलन तथा चोरी निकासी हुँने गरेको छ । स्थानीय चन्द्रबहादुर बुढाका अनुसार यहाँका स्थानीय व्यापारीहरुले इजाजत नलिई जडीबुटी संकलन गर्ने र पछि उनिहरुले नै इजाजतप्राप्त व्यापारीहरुलाई विक्रि गर्ने गरेको बताउनु भयो ।

हुम्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा बहुमुल्य जडिवुटी तथा बन्यजन्तु चोरी निकासी दिन प्रतिदिन वढ्दै गईरहेको स्थानीय नागरिकहरुको भनाइ छ । तर उनिहरुको नाम भन्न नसक्ने बताएका छन् । जिल्लाका विभिन्न वन क्षेत्रमा पाईने सुगन्धवाल, कुट्कि, जटामसी, सतुवा, पदमचाल लगायत बहुमुल्य जडीवुटीहरु निरन्तर चोरी निकासी भईरहेको स्थानीयले बताएका छन् ।

सामुदायीक वन तथा राष्ट्रिय वन भित्र बहुमुल्य जडिवुटी संकलन तथा चोरी निकासी गरेको पाइएमा ऐन अनुसार कडा कारहि गरिने भन्दै डिभिजन वन अधिकृत कुमाइले अवैद्धरुपमा संकलन नगर्न सबैलाई आग्रह गर्नु भयो । चंखेली गाँपालिकाका विभिन्न वन क्षेत्रमा दिन प्रति दिन बहुमुल्य जडिवुटी र बोटविरुवाहरुको चोरी निकासी भईरहेको भए पनि सम्बन्धित निकायले रोक्न नसकेको स्थानीय चन्दबहादुर बुढाले आरोप लगाउनु भयो ।

इजाजतबिनै जडीबुटी संकलन रोक्न संकलनको लागि २१ दिने सूचना जारी
हुम्लाको चंखेली क्षेत्रमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार इजाजतबिनै संकलन हुने गरेको पाइएको छ । गत वर्ष कार्ययोजना नभएका कारण सम्बन्धित निकायले संकलनको इजाजत नदिए पनि केही व्यक्तिले छिमेकी जिल्ला मुगु हुँदै जडीबुटी संकलन तथा निकासी गरेको भएपनि यस वर्ष भने हुम्लाले जडीबुटी संकलनको लागि २१ दिने सुचना जारी गरेको छ ।

गत वर्ष हुम्लामा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संकलनका लागि आवश्यक कार्ययोजना स्वीकृत नभएकाले इजाजत दिन नसकिएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेस कुमाइले बताउनु भयो । त्यसक्रममा केही संकलकले मुगुबाट समेत जडीबुटी लगेका थिए । तर, अहिले मुगुमा समेत सम्बन्धित कार्ययोजना नभएको बताउनु भयो ।

यसैबीच हुम्लाले चालु वर्षका लागि जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संकलनलाई व्यवस्थित र कानुनी दायरामा ल्याउन यही भदौ २९ गतेदेखि २१ दिने सूचना जारी गरेको र सूचनामार्फत तोकिएको प्रक्रिया पूरा गरी आवश्यक इजाजत लिएर मात्रै जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संकलन गर्न आग्रह गरिएको छ ।

सम्बन्धित निकायका अनुसार इजाजतबिनै जडीबुटी संकलन गर्दा वन पैदावारको अनियन्त्रित दोहन हुनुका साथै राजस्वसमेत गुम्ने जोखिम हुन्छ । त्यसैले संकलन क्षेत्र, परिमाण, प्रजाति र प्रक्रियालाई कार्ययोजना अनुसार व्यवस्थित गर्न खोजिएको बताउनु भयो ।

चंखेलीलगायत हुम्लाका विभिन्न क्षेत्रमा बहुमूल्य जडीबुटी पाइने भएकाले स्थानीयको आयआर्जनसँग जोडिएको यस क्षेत्रलाई दिगो र व्यवस्थित बनाउन आवश्यक रहेको त्यहाँका स्थानीयको भनाइ छ ।

प्रकाशित मितिः     ३१ भाद्र २०८३, बुधबार १८:१५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *