७ वटा विद्यालयमा कार्पेट, कुसन र दराज वितरण


हुम्लाको सर्केगाड गाउँपालिका र अदानचुली गाउँपलिकका ७ वटा विद्यालयमा कार्पेट, कुसन तथा दराज वितरण गरिएको छ ।

नेपाल लोक कल्याण संघ र जर्मनी स्थित नेपाल लोक कल्याण संघको आर्थिक सहयोगमा सर्केगाड गाउँपालिकाका ६ वटा विद्यालय तथा अदानचुली गाउँपालिका–३ स्थित एक विद्यालय गरी जम्मा ७ वटा विद्यालयमा शैक्षिक संस्थामा सामग्री वितरण गरिएको सामाजीक परिचालक दन्तराज कटुवालले बताउनु भयो ।

विद्यार्थीहरुलाई कक्षाकोठामा सहज वातावरणमा अध्ययन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्पेट, कुसन, जुत्ता राख्ने दराज र किताब राख्ने दराज वितरण गरिएको बताउनु भयो । सर्केगाड गाउँपालिका ६ को भवानी आधारभूत विद्यालय र महादेव आधारभूत विद्यालयलाई प्रतिविद्यालय २५ मिटर कार्पेट र ४६ थान कुसन उपलब्ध गराइएको छ । त्यस्तै, कोट आधारभूत विद्यालयलाई ३० मिटर कार्पेट र ३८ थान कुसन, दुल्ली आधारभूत विद्यालयलाई २१ मिटर कार्पेट र ३० थान कुसन तथा बालप्रेमी आधारभूत विद्यालयलाई १२ थान कुसन वितरण गरिएको छ ।

यसैगरी, तुम्चस्थित छत्रपाल बालविकास केन्द्रलाई ३० मिटर कार्पेट र ३२ थान कुसन तथा अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयलाई २० मिटर कार्पेट र ७० थान कुसन वितरण गरिएको हो ।

विद्यालयमा आवश्यक शैक्षिक तथा भौतिक सामग्रीको अभाव भइरहेका बेला प्राप्त सहयोगले विद्यार्थीहरुको सिकाइ वातावरण सुधार गर्न सहयोग पुग्ने विद्यालयका शिक्षक तथा स्थानीयको भनाइ छ । सहयोगी संस्थाले विद्यालयको आवश्यकता पहिचान गरी विद्यार्थीको सहज सिकाइ र विद्यालयको भौतिक वातावरण सुधारका लागि सामग्री उपलब्ध गराएको हो ।

प्रकाशित मितिः     ३१ भाद्र २०८३, बुधबार १८:२८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *