अदानचुली गाउँपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला र निम्न माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा शुभकामना आदानप्रदानसँगै विद्यार्थीबीच वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रममा वडा न. ३ का अध्यक्ष डिलबहादुर फडेरा, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, गाउँपालिकाका शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमका सञ्चालक समेत रहेका रोजगार शाँखा प्रमुख हिक्मत सिंहले बताउनु भएको छ ।
उक्त कार्यक्रमकै अवसरमा आयोजित निम्न माध्यामिक विद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगिता अन्तर्गत आठ वटा निमावि विद्यालयहरु सहभागी हाजिरीजवाफ प्रतियोगितामा छत्रपाल विद्यालय १२ अंकसहित प्रथम, सूर्योदय माध्यमिक विद्यालय ११ अंकसहित द्वितीय, जनकल्याण मावि ८ अंकसहित तृतीय र ज्ञानोदय मावि ७ अंकसहित सान्त्वना भएको जनाइएको छ । प्रतियोगितामा ६४ वटा प्रश्नमध्ये ५६ वटा प्रश्नको सही उत्तर आएको र १४ वटा प्रश्नको उत्तर नआएको मूल्यांकन टोलीका संयोजक समेत रहेका शिक्षा युवा तथा खेलकुद शाँखा प्रमुख टिका उपाध्यायले बताउनु भयो ।
त्यस्तै, पाँच वटा माध्यमिक विद्यालय सहभागी वक्तृत्वकला प्रतियोगितामा जनकल्याण माविकी सुरक्षा थापा प्रथम, सल्लाघारी माविका अमरबहादुर शाही द्वितीय तथा ज्ञानोदय माविकी सुशीला सञ्ज्याल र सूर्योदय माविकी सुविधा थापा तृतीय भएका छन्। कैलाशपुरीका केशव टमटा सान्त्वना भएको प्रतियोगिताको मूल्यांकन टोलीका प्रमुख तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपाध्यायले प्रतियोगिताको नतिजा सार्वजनिक गर्नुभएको छ ।
कार्यक्रम सुरु हुनुअघि गाउँपालिकाले वडा नं। २ र ३ हुँदै बजार क्षेत्रर्मा यालीसमेत आयोजना गरेको थियो। संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा कर्मचारीहरूको सक्रिय सहभागिता रहे पनि कतिपय वडा अध्यक्ष तथा जनप्रतिनिधिको अनुपस्थिति देखिएको आयोजक पक्षले जनाएको छ ।
