जगतको कल्याणको कामनासहित हुम्लाको लामा साँकृति मञ्चमा पाँच करोडभन्दा बढी मन्त्र जप


हुम्लाको लामा साँकृति मञ्चमा सञ्चालन भएको आठौँ बज्रगुरु ढुङ्गढुप पूजामा पाँच दिनको अवधिमा पाँच करोडभन्दा बढी बज्रगुरु मन्त्र जप गरिएको छ । लामा सांस्कृतिक मञ्चको आयोजनामा सम्पन्न पूजामा ८० जना लामा र एक हजार पाँच सयभन्दा बढी स्थानीय नागरिकको सहभागिता रहेको लामा साँकृति मञ्च हुम्लाका अध्यक्ष छेपा दोर्जे लामाले बताउनु भयो ।

बौद्ध धर्मावलम्बीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने बज्रगुरु ढुङ्गढुप पूजा पाँच दिनसम्म सञ्चालन भएको हो । पूजामा सहभागी महिला तथा पुरुष भक्तजनहरूले पाँच दिनको अवधिमा कुल ५ करोड २३ लाख ३ हजार १०० पटक बज्रगुरु मन्त्र जप गरेका छन् । ढुङ्ढुपको अर्थ १० करोड भन्त्र भनिएता पनि यतिबेलाको पुजामा ५ करोड भन्दा धेरै मन्त्र जप गरिएको बताउनु भयो ।

उहाँका अनुसार पूजाका क्रममा एक दिनमा सबैभन्दा बढी १ करोड ३९ लाख ७७ हजार ८०० र सबैभन्दा कम ८१ लाख ४३ हजार मन्त्र जप गरिएको थियो । सहभागी प्रत्येक भक्तजनले रुद्राक्षको माला हातमा लिएर बिहान पूजा सुरु भएदेखि साँझ सम्पन्न नहुँदासम्म मन्त्र जप गर्दै गन्ने गरेका थिए । यसरी सामूहिक रूपमा मन्त्र जप गर्दा सारा जगत र समग्र समाजको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

हरेक वर्ष आयोजना हुँदै आएको यस आठौँ पूजा हुम्लाको दोजम गाउँका लामा समुदायले प्रायोजन गरेका छन् । पूजाका लागि प्रायोजक नपाएको अवस्थामा समेत लामा सांस्कृतिक मञ्चको कोषमा जम्मा भएको रकम खर्च गरेर भए पनि निरन्तरता दिइरहेको मञ्चका अध्यक्ष लामाले बताउनुभयो ।

उहाँका अनुसार अर्को वर्ष आयोजना हुने पूजाका लागि यस यस पुजामा स्वेच्छिक सहयोग सङ्कलन गरिएकोमा करिब ९ लाख रुपैयाँ जम्मा भएको छ । उक्त रकम आगामी वर्षको पूजा सञ्चालनका लागि राखिने बताउनु भयो ।

पूजाका अवसरमा एक हजार दियोमा बत्ती बाल्नुका साथै हुम्लाको प्रशिद्ध याल्वाङ गुम्बाका लामा पेमा रिक्साल रिम्पोछेले अमृतमय धार्मिक प्रवचन दिनुभएको थियो । पूजामा सिमकोट र नाम्खा गाउँपालिकाका २५ भन्दा बढी बस्तीका बौद्ध धर्मावलम्बीहरूको सहभागिता रहेको बताउनु भयो । –––कालीबहादुर थापा

प्रकाशित मितिः     ४ मंसिर २०८३, बिहीबार १८:५८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *