हुम्लाका १३ सय २ जनाको पिसिआर रिपोर्ट नेगेटिभ


अषाढ ४ हुम्ला । हुम्ला जिल्लाका तिन वटा गाउँपालिकाले स्वाब संकलन गरी पठाएका सबै रिपोर्ट नेगेटिभ आएको छ ।

बिहिबार कार्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला द्धारा जारी बिज्ञप्तीमा अदानचुली गाउँपालिकाका १ सय ६८,ताँजाकोट गाउँपालिकाका ३ यस ९ र सिमकोट गाउँपालिकाका ८ सय २५ जनाको स्वाब संकलन गरी जुम्ला पठाएकोमा सबै रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक मंगल रावलले जानकारी दिनु भएको छ ।

हुम्ला जिल्लाका तिन वटा गाउँपालिकाले आफ्नै लगानिमा भिटिएम (पिसिआर) किट खरीद गरी छिमेकी मुलुक भारत लगायत काठमाडौ,नेपालगञ्ज,बाँके बर्दिया लगायत नेपालका बिभिन्न जिल्लाका नागरीकहरुको पिसिआर संकलन गरी जुम्ला पठाएकामा बिहिबार सबै स्वाब परक्षिण गरी नेगेटिभ आएको छ ।

जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले आफ्नै लगानिमा नेपाल भित्रका करिब ४ सय भन्दा धेरी बिद्यार्थी तथा मजदुरहरुको उद्धार गरी क्वारेनटाइनमा राखेको छ । गाउँपालिकाले गरेको सबै क्वारेनटाइनमा राखीएका नागरीक मध्ये प्रत्येक क्वारेनटानको ४५ प्रतिशतका दरले र बाँकी गाउँपालिकामा कार्यरत क्रमचारी,स्वास्थ्यक्रमी,सञ्चारक्रमी,सुरक्षाक्रमी लगायत स्थानीयको गरी १ यस ६८ जनाको स्वाब संकलन गरी परिक्षणको लागि जुम्ला पठाएकोमा सबै रिपोर्ट नेगेटिभ आएकोमा गाउँपालिकाका अध्यक्ष दल फडेराले खुसी ब्यक्त गर्नु भएको छ । अध्यक्ष फडेराले गाउँपालिकाकामा अहिले सम्म कोभिड १९ को संकञ्मण नभएकोले अझै यहाँका नागरी सुरक्षीत र साबधान िअपनाउन अनुरोध गर्नु भएको छ ।

अदानचुली गाउँपालिका वडा नम्बर १ का २४ जना,वडा नम्बर २ का ३७ जना,वडा नम्बर ३ का २३ जना,वडा नम्बर ४ का १८ जना,वडा नम्बर ५ का २९ जना,वडा नम्बर ६ का १६ जना,सर्केगाड गाउँपलिकाका २ जना र अन्य जिल्ला भन्दा बाहिराका गाउँपालिकामा कार्यरत क्रमचारी र सुरक्षाक्रमी स्वाब संकलन गरेको थियो ।

यसैगरी अदानचुली गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहित ६ जना जनप्रतिनिधिहरु,स्वास्थ्यक्रमी र क्रमचारीहरु मध्ये १३ जना,स्थानिय १ जना,नेपागञ्जबाटका ७ जना,झापाबाटका १ जना,सञ्चारक्रमी २ जना,राजनितिकक्रमी १ जना,ब्यबसायी १ जना,सुर्खेतबाटका १२,कोहलपुरबाटका ११ जना,काठमाडौबाटका ५५ जना,भारतबाटका ३१ जना,बर्दियाबाटका ११ जना,स्याङ्जाबाट १ जना,दाङ्बाट १ जना, चितवनबाट ५ जना,पाल्पाबाटका १ जना,पोखराबाटका १ जना,तनहुँबाट १ र ४ जना सुरक्षाक्रमीको स्वाब संकलन गरी जुम्ला पठाएका सबै रिपोर्ट नेगेटीभ आएको स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लालाई उद्धित गर्दै उक्त गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनु भएको छ । उनका अनुसार सबैको रिपोर्ट नेगेटीभ आएकाले शुक्रबार देखी ७ दिन होम क्वारेनटाइन बस्ने गरी सबैलाइ घर घरमा पठाउने बताउनु भयो ।

हवाई जहाज मार्फत उद्धार गरी जिल्ला ल्याएर सिमकोट गाउँपालिका विभिन्न क्वारेन्टीनमा राखिएका ८ सय २५ जनाको पिसीआर रिर्पोट नेभगेटिभ आएको छ । सिमकोट गाउँपालिकाका विभिन्न क्वारेन्टीनमा रहेका सबैको रिर्पोट आएपछि उनीहरुलाई घर पठाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक दान बहादुर बोहराले बताए ।

यस अघि ताजाँकोट गाउँपालिकाले ब्यबस्थापन गरेका ५ वटै क्वारेन्टाइनमा राखिएका नागरिकको गत हप्ताको शुक्रबार स्वाब संकलन गरी परिक्षणको लागि जुम्ला पठाएकोमा सबै रिर्पोट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए । उनले भने हामीले वडा नम्बर ५ मदनाको मदनदेब मा वि , वडा नम्बर ४ को गोठेलबाडा, जनप्रकास माबीमा,वडा नम्बर ३ को धर्मोदय माबी र कुवाडीको माथी लुइयाटा भन्ने ठाउँमा केन्द्र बनाइ ३ सय ९ जनाको स्वाब संकलन गरीएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लालाई उद्धित गर्दै उक्त गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए ।

प्रकाशित मितिः     ४ असार २०७७, बिहीबार २१:५९  |