सुत्केरी व्यथा लागेकी ऐडिको ११ दिन पछि हेलिकप्टरबाट उद्धार


दाने बोहरा
अषाढ ३ सिमकोट । सुत्केरी व्यथा लागेपनि गएपनि बच्चा जन्माउन नसेककी चंखेली गाउँपालिका–३ की कात्तिका ऐडीको ११ दिनपछि उद्धार गरिएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा बच्चा जन्माउन नसकिएपछि ऐडिको हेलिकोप्टरबाट उद्धार गरेर जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो ।

लामो समयको प्रसव पिंडा लागेपनि बच्चा नजन्मेपछि स्थानीय स्वास्थ्यकर्मीको खबर पछि एयर लिफ्ट गरेर जिल्ला ल्याइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । उनका अनुसार स्थानीय स्वास्थ्य चौकीको खबरमा सिमकोटबाट गएका प्रमूख सिंह र सिनियर अनमी सरिता बोहराले ऐडीको उद्धार गरी अस्पताल ल्याएका हुन् ।

ऐडीलाई २४ जेठ बिहान ९ बजेदेखि सुत्केरी बेथा लागेको थियो । बेथा लागे पनि बच्चा जन्माउन नसकेपछि हेलिकप्टर बोलाएर उद्धार गरी अस्पताल ल्याएको उनका श्रीमान् भैरव ऐडीले बताए । कार्तिकी ऐडीको पेटमा पानी कम भएपछि समस्या भएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालमा रहेकी ऐडिको स्वास्थ्य अवस्था अहिले समान्य रहेको छ ।

प्रकाशित मितिः     ३ असार २०७७, बुधबार ११:५४  |