अषाढ ३ हुम्ला । जग्गा छनोट समितीको बैठकले गल्वा बहुमुखी क्याम्पसको जग्गा छनौट गरेको छ ।
करिब ७ वर्ष अघि स्थापन भएको गल्बा बहुमुखी क्याम्पस सुर्योदय माध्यामिक बिद्यालयको भवनमा भाडामा बस्दै आएको छ । २०७७ साल जेष्ठ २९ गतेका दिन क्याम्पस ब्यबस्थापन समितिका उपाध्यक्ष हरीदल पुनको अध्यक्षतामा बसेको अबिभावक सहितको बैठकले ९ सदस्यीय जग्गा छनौट समिति गठन गरेको थियो ।
अबिभाबक भेलाले अदानचुली गाउँपालिकाका सैन चौर,चुलुमा रहेको चौर,कफाडी र गौधारा भन्ने ठाउँमा रहेका भुभागको अध्ययन सहितको प्रतिबेदन पेश गर्ने गरी ९ सदस्यीय जग्गा छनौट समिति गठन गरेको छनौट समितिका सदस्य सचिब समेत रहेका क्याम्पस प्रमुख रणसुर रोकायाले बताए । उनका अनुसार एक हप्ता भित्र अध्ययन सहितको प्रतिबेदन पेश गर्ने निर्णय भएकाले सबै भुभागको अध्ययन गरी अदानचुली २ र ३ मा रहेको कफाडी क्षेत्रलाई अन्तीम रुप दिएर प्रतिबेदन पेश गरेको जानकारी दिए ।
जग्गा छनौट समितिले बुझाएको प्रतिबेदनका आधारमा क्याम्पस ब्यबस्थापन समितिले थप छलफल सहित अनुमोदन गर्ने गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष सहित अन्य जनप्रतिनिधिहरु र अबिभाबकहरुको भेलाले निर्णय गरेको छ ।
उक्त क्षेत्रमा भएका जग्गाधनीहरुसँग परामर्श गरी अन्तीम रुपमा दिने जनाइएको छ ।