अषाढ ३ हुम्ला । अदानचुली गाउँपालीकाको आफ्नै लगानिमा स्वाब मंगलबार स्वाब संकलन गरी परिक्षणको लागि जुम्ला पठाएकोे छ ।
भारत लगायत नेपालका बिभिन्न सहरी क्षेत्रबाट आएर बिभिन्न क्वारेन्टाइनमा बसेका नागरीकहरु मध्ये ४५ प्रतिशत अर्थात १४५ जनाको स्वाब संकलन गरेको छ भने गाउँपालिकामा कार्यरत स्वास्थ्यक्रमी सहित जनप्रतिनिधि,क्रमचारी,सुरक्षाक्रमी र सञ्चारक्रमी गरी १६५ जनाको स्वाब संकलन गरी जुम्ला पठाएको गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताउनु भयो ।
अदानचुली गाउँपालिकाले ब्यबस्थापन गरेका करिब १४ वटा क्वारेनटाइन सँगै होम क्वारेनटाइनमा बसेका सबैलाई लिदा किट नपुग्ने र समुहका केहिलाई नमुनाको रुपमा स्वाब लिदा पनि कोरोना संक्रमण भएको वा नभएको थाहा हुँने भएकाले नमुनाको रुपमा लिएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भयो । उनले भने “हामीले अहिले ३ सय वटा भिटिएम किट खरीद गरी ल्याएका थियौ जसमा १ सय ६५ वटा किट मार्फत स्वाब संकलन गरी सकेका छौ बाँकी रहेका किटहरु अन्य नागरीकलाई परिक्षण गर्न सकिने वा तत्काल संक्रमण देखीए पनि आबश्यक पर्ने भएकाले हामीले सुरक्षीत राखेका छौ ।
संकलन गरीएका सबै स्वाब आजै(बुधबार) हेलीकप्टर मार्फत कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । यस अघि बिभिन्न क्वारेनटाईनमा बसेकाहरु मध्ये १८४ जनाको आरडिटी टेष्ट गरीएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वासथ्य संयोजक हंस महताराले बताए ।
आज स्वाब संकलन गरीएका मध्ये वडा नम्बर १ का २४ जना,वडा नम्बर २ का ३७ जना,वडा नम्बर ३ का २३ जना,वडा नम्बर ४ का १८ जना,वडा नम्बर ५ का २९ जना,वडा नम्बर ६ का १६ जना,सर्केगाड गाउँपलिकाका २ जना र अन्य जिल्ला भन्दा बाहिराका गाउँपालिकामा कार्यरत क्रमचारी र सुरक्षाक्रमी स्वाब संकलन गरीएको छ ।
यसैगरी अदानचुली गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहित ६ जना जनप्रतिनिधिहरु,स्वास्थ्यक्रमी र क्रमचारीहरु मध्ये १३ जना,स्थानिय १ जना,नेपागञ्जबाटका ७ जना,झापाबाटका १ जना,सञ्चारक्रमी २ जना,राजनितिकक्रमी १ जना,ब्यबसायी १ जना,सुर्खेतबाटका १२,कोहलपुरबाटका ११ जना,काठमाडौबाटका ५५ जना,भारतबाटका ३१ जना,बर्दियाबाटका ११ जना,स्याङ्जाबाट १ जना,दाङ्बाट १ जना, चितवनबाट ५ जना,पाल्पाबाटका १ जना,पोखराबाटका १ जना,तनहुँबाट १ र ४ जना सुरक्षाक्रमीको स्वाब संकलन गरी जुम्ला हेलीकप्टर मार्फत पठाएको छ ।