प्रचण्डलाई ओलीको प्रश्न : तपाईंलाई यहाँसम्म पुर्याउनेका छोराछोरीको अवस्था कस्तो छ?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारवादमा लिप्त भएको आरोप लगाएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'उहाँले मलाई ओलीको छोरोछोरी छैन। मेरा त छोरीज्वाइँ छन्। अनि मैले उनीहरूको लागि नगरेर कसलाई गर्नु? भन्नुभएको रहेछ' उनले भने, 'मेरो छोराछोरी छैनन्। होइन यो देशका सबै केटाकेटी मेरा छोराछोरी हुन्।'
उनले प्र








