श्रीनगर । ग्रामिण सामुदायिक रेडियो श्रीनगर एफ एम अनालाईन संगै अब नेपाली पात्रो हाम्रो पात्रो तिनै ठाँउ मार्फत विश्वभर अनलाइनमा सुन्न सकिने भएको छ ।
रेडियो श्रीनगर एफ एफ १०२.० मेघाहर्ज र नेपाली पात्रो,हाम्रो पात्रो बीच आज भएको संझौता अनुसार रेडियो श्रीनगर एफ एम नेपाली पात्रो र हाम्रो पात्रो मार्फत शंशार भर सुन्न सकिने भएको रेडियो श्रीनगर एफ एमका स्टेशन म्यानेजर कालि बहादुर थापाले जानकारी दिनुभयो ।
२०७३ मंसिर १ गते बाट नियमित प्रसारण शुरु भएको रेडियो श्रीनगर एफ एमको प्रसारणलाई अनलाइन मार्फत प्रसारण पहुँच बढाउने उद्देश्यका साथ ७ वर्षपछि नेपाली पात्रो र हाम्रो पात्रोसँग सम्झौता गरेर सुन्न सकिने भएको हो स्टेशन म्यानेजर थापाले भन्नुभयो, इन्टरनेटको पहुँच गाउँगाउँमा समेत बढ्दै गएपछि रेडियोलाई डिजिटल बनाउने नीति अनुरुप रेडियोको अनलाइन र नेपाली पात्रो संगै हाम्रो पात्रोमा सुन्न सकिने बनाइएको हो ।
७ वर्ष प्रवेश गरेको अवसरमा नया स्टुडियो निर्माणको क्रममा रहेको रेडियो श्रीनगरले ग्रामिण बस्तीका स्रोताका बिविध समस्याको समाधान गर्दै बुलन्द्ध आवाज उठाउदै आएको रेडियो अब डिजिटल मध्यमबाट संञ्चालन हुने भएको छ ।