अदानचुली गाउँपालिकाका शिक्षकहरुले पनि शिक्षक आन्दोलनमा सहभागीता जनाउने


अदानचुली गाउँपालिकाका प्रधानाध्यापकहरुको बैठक बसी शिक्षक आन्दोलनमा सहभागीता जनाउने निर्णय गरीएको छ । शिक्षक महासंघका बरिष्ठ सदस्य धनसिंह थापाको अध्यक्षतामा गाउँपालिका भित्रका सम्पुर्ण बिदालयहरुका प्रधानाध्यापकहरुको बैठक बसी सरकारले शिक्षा ऐन पारीत गर्नु पर्ने भन्दै आन्दोलीत शिक्षक आन्दोलनलाई एकेवद्धता जनाउनको लागि गाउँपालिका भरीबाट ७ जना शिक्षकहरु काठमाडौमा जाने निर्णय गरीएको छ ।

यतीबेला शिक्षा ऐन पारीत गर्नु पर्ने भन्दै देशभरका शिक्षकहरु राजधानीमा जम्मा भई निरन्तर रुपमा आन्दोलन गरी रहेका छन् । नेपाल शिक्षक महासंघ केन्द्रीय कार्यालयको बैठक बसी विगतमा गरीएको सबै सहमतीहरु कार्यान्वयन गर्नु पर्ने,गुणस्तरीय विद्यालय शिक्षा, शिक्षक र विद्यालय कर्मचारीहरु, अग्रगामी शिक्षा ऐन जारी गर्न तथा राज्यलाई बाध्य पार्न चैत्र २० गतेबाट अनिश्चतकालीन सडक आन्दोलन गर्ने निर्णय भएकाले सोही आन्दोलन लाई सहयोग गर्नको लागि अदानचुली गाउँपालिकाबाट पनि ७ जना प्रतिनिधिलाई पठाउने निर्णय गरीएको हो । तर केन्द्रीय समितिले सबै शिक्षकहरुलाई काठमाडौमा हुँने आन्दोलनमा सहभागीता जनाउने निर्देशन दिएपनि अदानचुलीबाट यतीबेला ७ जना प्रतिनिधि मात्र पठाउने पछि आवश्यक परेको खण्डमा सबै शिक्षकहरु जान सकिने बताएका छन् ।

यतीबेला सबै संगठनहरुबाट मिलाएर जनकल्याका प्रधानाध्यापक परबहादुर थापा, सुर्योदय माध्यामीक बिद्यालयका लेखापाल कालीबहादुर महतारा, ज्ञानोदय माध्यामिक बिद्यालयका प्रधानाध्यापक हरीप्रशाद जैसी, कैलासपुरी माध्यामिक विद्यालयकी शिक्षीका गिता बुढा, थुममालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक भैरब भण्डारी, काँखे आधारभुत विद्यालयका प्रधानाध्यापक खडक बहादुर शाही र सल्लाघारी माध्यामिक बिद्यालयका शिक्षक घनश्याम शर्मालाई प्रतिनिधिको रुपमा पठाउने निर्णय भएको जनाइएको छ । सिमकोट र ताजाँकोट गाउँपालिकाबाट पनि केही शिक्षकहरु आजै हिडि सकेको जनाइएको छ ।

प्रकाशित मितिः     १८ चैत्र २०८१, मंगलवार १९:१९  |