श्रीनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुगुको सोरु गाउँ कमिटिको दोस्रो अघिबेशन सम्पन्न भएको छ । पार्टीको निर्देशन अनुसार देशब्यापी रुपमा चलिरहेको माओवादी केन्द्रको गाउँ कमिटिको अधिबेशन सोरु गाउँ कमिटिले नयाँ नेतृत्व चयन गरी आइतबार सम्पन्न भएको हो ।
शनिबार उद्धघाटन गरी बन्द सत्रमा रहेको सोरु गाउँ कमिटिले आइतबार लालु धामीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको अनेरास्वबियु क्रान्तीकारी मुगुका अध्यक्ष कबिदक्त बुमीले जानकारी दिनु भएको छ । उहाँका अनुसार उपाध्यक्षमा अस्मिता मल्ल, नन्द बहादुर बिष्ट, सचिवमा मदन कुमार शाही, सहसचिवमा प्रेम बहादुर मल्ल, पृथ्बी बहादुर मल्ल, कोषध्यक्षमा राज बहादुर शाही सहदि ४५ सदसिय नया नेतृत्व सर्बसहमत चयन भएको छ ।
अधिबेनमा स्थानिय बाजागाजा सहित हुड्के नाच र कालिकोटकी चरित्रा शाही ताँजाकोटका अक कार्की बिच देउडा खेल खेलाइएको थियो भने अन्य स्थानिय कलाकारद्धाा बिभिन्न प्रदर्शन गरिएको थियो ।
