हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको खार्पुनाथ गाउँपालिका वडा नं ४ लाई मंगलबार बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा गरिएको छ ।
वडा क्षेत्र भित्र १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई मंगलबार बाल बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष रंगमती शाहीले बताउनु भयो ।
जिल्लाका सात वटा गाउँपालिका र ४४ वटा वडा कै एक मात्र महिला वडा अध्यक्ष भएको उक्त वडा जिल्लाकै पहिलो बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा भएको छ । खार्पुनाथ गाउँँपालिकाको शान बालश्रम तथा बालविवाह मुक्त गाउँपालिका हाम्रो अभियान’भन्ने मूल नाराका साथ हुम्लामै पहिलो बालश्रम तथा बालविवाह मुक्त वडाको रूपमा खार्पुनाथ ४ छिप्रालाई बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गरिएको वडा नं.४ का वडा अध्यक्ष रंगमती शाहीले जानकारी बताउनु भयो ।
खार्पुनाथ गाउँपालिकाको बालश्रम तथा बालविवाह मुक्त रणनिति २०७६ अनुसार बालश्रम तथा बाल विवाह मुक्त पालिका घोषणा कार्यकम अन्तर्गत ४ नं. वडालाई बाल श्रम तथा बालविबाह मुक्त गर्ने योजना स्वरुप आज घोषणा गरिएको वडा अध्यक्ष शाहीले बताउनु भयो ।
खार्पुनाथ गाउँपालिकाको समन्वय, गुड नेवर्स ईन्टरनेशनल नेपाल र किर्डाक नेपालको सहजिकरणमा खार्पुनाथ गाउँपालिका वडा नं. ४ को आयोजनामा गरिएको घोषणा सभामा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल वडालाई बाल श्रम तथा बालविबाह मुक्त वडा घोषणा गर्नु भयो ।
यस वडाकी वडा अध्यक्ष शाही जिल्लाकै पहिलो र एक मात्र महिला वडा अध्यक्ष पनि हुँन् । –––कालीबहादुर थापा
