३७ वर्ष देखी हुम्लामा सेवा गर्दै आएका शिक्षक शर्मालाई स्थानीय सरकारले गर्यो सम्मान गरेको छ । कर्णाली प्रदेशमा उत्कृष्ट शिक्षककारुपमा सम्मानित भएका शिक्षक घनश्याम शर्मालाई अदानचुली गाउँपालिकाले पनि सम्मान गरेको छ ।
अषाढ १७ गते शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले सल्लाघारी माध्यामिक विद्यालयका शिक्षक घनश्याम शर्मा सहित हुम्लाका जिल्लाका तीनजना र कर्णाली प्रदेशका ३० जना शिक्षकलाई उत्कृष्ट शिक्षक छनोट गरेको थियो ।
उत्कृष्ट शिक्षकका रुपमा छनौट भए लगत्तै सुर्खेत गई सम्मान सहित पुरस्कार बुझेलगत्तै हुम्ला पुगेका शिक्षक शर्मालाई आज गाउँपालिकाले पनि सम्मान पत्र सहित खाता र अविरले सम्मान गरीएको वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले बताउनु भयो । उहाँका अनुसार आज ५ नम्बर वडा कार्यालयको आयोजनामा गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित वडाका जनप्रतिनिधिहरुको उपस्थीतीमा उहाँलाई सम्मान गरीएको बताउनु भयो ।
शिक्षक शर्मा हुम्ला जिल्लामा मात्रै ३७ वर्ष देखी सेवा गर्दै आउनु भएको छ । जिल्लाका विभिन्न विद्यालय हुँदै अहिले वडा नम्बर ५ स्थीत सल्लाघारी माध्यामिक विद्यालयमा अध्यापन गर्दै आउनु भएको छ ।
उहाँ सहित मानसरोवर नमुना माध्यमिक विद्यालय सिमकोटमा अध्यापन गराईरहनु भएका धन बहादुर ऐडी, सीता नमुना माध्यमिक विद्यालय खार्पुनाथकी गीता हमाललाई कर्णाली प्रदेश सरकार, शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतलु सम्मान गरेको थियो । उहाँहरुसँगै कर्णाली प्रदेशका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको हो ।