कैलाश मानसरवर दर्शनको लागि चिन पुगेका एक भारतीय नागरीकको मृत्यु भएको छ । मृत्यु भएसँगै आजै हेलीकप्टरबाट काठमाडौँ लगिएको छ ।
भारतिय नागरिक हाल एनआरआईका रुपमा अमेरिका बसोवास गर्दै आउनु भएका डाक्ष रोहित कुमारको चीनको दार्चिन भन्ने ठाउँमा अक्सिजनको कमीले मृत्यु भएको हो ।
असोज ४ गते चीनको दार्चिनमा अक्सिजनको कमीले मृत्यु भएका तिर्थयात्री रोहितकुमारको हिजो राती हिल्सा नाकामा ल्याइएको र कैशाल एयरको हेलीकप्टर मार्फत जिल्ला सदरमुकाम सिमकोट पुगाइएको थियो भने आजै हेलीकप्टर मार्फत काठमाडौँ लगिएको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए ।
६४ वर्ष उमेर रहेका रोहित कुमार गत सेप्टेम्बर ८ तारिखमा मृतक सहित उहाँका श्रीमान रोहित कुमार र देवर भासान पटेल अमेरिकाबाट चीनको बेईजिङम पुग्नु भएको थियो । यात्राकै क्रममा चीनको दार्चिनमा लेक लागेर उहाँको मृत्यु भएको बताउनु भयो । –––कालीबहादुर थापा
