कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका अविभावकहरु सँग छलफल


सुर्याेदय माध्यामिक विद्यालयले कक्षा १० मा अध्ययन गरीरहेका विद्यार्थीहरुका अविभावकहरुसँग छलफल गरेको छ ।

आज विद्यालयमा विद्यालय ब्यबस्थापन समिति,शिक्षक र अविभाबकहरुको संयुक्त बैठकले अबका दिनहरुमा के कसरी कक्षा सञ्चालन गर्ने भन्ने विषयमा सुझाबको लागि बैठक बोलाएको विद्यालयका प्रधानाध्यापक टङ्कध्वज खत्रीले बताउनु भएको छ ।

यस अघि विज्ञान विषयको शिक्षक नहुँदा विद्यार्थीहरुको पढाइमा समस्या भएपनि अब गाउँपालिकाको अनुदानमा शिक्षक नियुक्ती गरी सकेकाले दिनभर पढाइ हुँने बताउनु भएको छ ।

गएको शुक्रबार मात्र वि ब्य स र शिक्षकहरुको बैठक बसी विद्यालयमा बिहान र बेलुका गरी २ पटक हाजीर लगाउने, बिशेष काम बाहेक शिक्षक र बिद्यार्थी बाहिर जान नपाउने गरी गेट बन्द गर्ने जस्ता निर्णय भएकाले सोही अनुसार कार्यान्वयन गर्ने बताउँदै विद्यालय ब्यबस्थापन समितिकी अध्यक्ष अनिता बुमीले बताइन् ।

प्रकाशित मितिः     ११ श्रावण २०८१, शुक्रबार २०:००  |