ताँजाकोट गाउँपालिकाद्धारा रेड लिष्टमा राखेका बस्तीमा अन्त्रक्रिया


हुम्ला । ताँजाकोट गाउँपालिकाले रेड लिष्टमा राखेका बस्तीमा छलफल तथा अन्त्रक्रिया कार्यक्रम गरेको छ । पालिकाले यस अघिनै बिभिन्न मापदण्ड पुरा नगरेका पालिकाको ३ वडाका केही बस्तीताई रेड लिष्टमा राखिएको नियमित छलफलसँगै अन्त्रक्रिया गरिएको हो ।

पालिकामा बिकास निर्माण नभएका, जनचेतनाको कमी भएका, बाल बिवाह भएका, नियमित खोपमा अनियमितता गरेका, बहुबिवाह गरेका, शिक्षाको कमी, सरसफाइको कमी, बालश्रम गर्दै आएका सो बस्तीलाई यसअघिनै रेड लिष्टमा पारी महिनाको एक पटक जनचेतनामुलक कार्यक्रम गर्ने गरेको स्वास्थ्य संयोजक धनराज ढकालले बताउनु भएको छ ।

उहाका अनुसार पालिकाको वडा नम्बर १, ३ को तल्लो माथिल्लो चौतारी गाउँ र ४ को खर्रा, देउलनर र उत्तीस्यानीका बस्तीमा सोही कार्य हुने गरेको भन्दै रेड लिष्टमा पारीएको थियो । ति बस्तीलाई रेड लिष्टबाट बाहिर ल्याउनकालागी प्रत्यक महिनाको एक पटक सम्बन्धीत बस्तीमा गएर स्वास्थ्य, शिक्षा, रोजगारी,बिकास निर्माण तथा आगामी आर्थिक बर्षमा गरिने बजेट लगायतका बिषयमा गाउँ टोलका समुदायसँग छलफल तथा अन्त्रक्रिया कार्यक्रम गरिएको छ ।

सोही कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष राज बहादुर बोगटी, स्वास्थय शाखा प्रमुख धनराज ढकाल, शिक्षा शाखा प्रमुख जयरुद्र ढकाल, प्रहरी प्रशासन लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मितिः     २९ जेष्ठ २०८२, बुधबार १९:३६  |