बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।


 बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत अदानचुली गाउँपालिकाका लमही र पाल्सका २५ जना आमाहरुलाई आयआर्जनका लागि कुखुरा र कृषि सामाग्री बितरण गरीएको छ ।

अदानचली गाउँपालिका वडा नम्बर ६ को लमही पाल्समा रहेको सुनौलो आमा समुहका २५ जना आमाहरुलाई आयआर्जन स्वरुप ९ माउ १ भाले, ग्रिनहाउसको पाल, लुज पाईप , जाली, र तरकारीको बिउ बितरण गरीएको अदानचुली गाउँपालिका बहुक्षेत्रीय पोषण सहजकर्ता केशब ऐडीले जानकारी दिनु भएको छ । उहाँका अनुसार नेपाल सरकारको संघिय अनुदान युरोपियन युनियनको आर्थिक सहयोगमा सुनौलो हजार दिनका आमाहरुलाई बिपन्न महिलाको लागि पोषण सुधार गर्न अनुदान स्वरुप आज बितरण गरीएको बताउनु भयो ।

वडा नम्बर ६ का वडा अध्यक्ष बृखबहादुर बुढा सहित वडा सदस्यहरुको उपस्थितीमा आज गाउँमै गएर बितरण गरीएको बताउनु भएको छ । संघिय अनुदान स्वरुप ६ लाख २५ हजार रकमममा २५ जनालाई अनुदान दिने कार्यक्रम रहेकाले वडाको सिफारीसमा आज उनिहरुलाई बितरण गरीएको बताउनु भयो ।

आर्थिक स्थीती कमजोर रहेका बिपन्न महिलाहरुलाई व्यवषयीक तरकारी खेती गर्न र कुखुरापलन गरेर जिविको पार्जन गर्नको लागि अनुदान स्वरु दिएको बताउनु भएको छ । लमही पाल्सका २५ जना सुनौलो हजार दिनका बिपन्न आमाहरुलाई प्रति महिला कखुराका ९ माउ १ भाले, ग्रिनहाउसको पाल, लुज पाईप , जाली, र तरकारीको बिउ बितरण गरीएको बताउनु भएको छ । –––कालीबहादुर थापा

प्रकाशित मितिः     २२ श्रावण २०८२, बुधबार १८:३८  |