पैमा खोलामा हरेक वर्ष जोखिम मोलेर गाडि गुड्छन् ।


कर्णाली करिडोरका धेरै खोलाहरुमा बेलीर्बज बनिसेको भएपनि हुम्ला र बाजुराको सिमाना नजिकै पैमा खोलामा पक्की पुल नहुँन जोखिम मोलेर गाडि गुडाउन बाध्य भएका छन् । जमुनाह–हिल्सा जोड्ने कर्णाली करिडोर हुम्लाको पैमा खोलामा यातायातका सावरी साधनले खोला तर्नुपर्ने बाध्यता रहँदै आएको छ । हुम्लाको ताँजाकोट गाउँपालिका– ४ को पैमा खोलामा पुल निर्माण नभएका कारण यातायातका साधनले खोलामै यात्रा गर्नुपरिरहेको हो ।

सो खोलामा पुल निर्माण नभएका कारण खोलामै गाडी गुुडाउनुपर्ने बाध्यता रहेको सुर्खेतबाट हुम्लाको सर्केगाडसम्म बोलेरो जिप चलाउँदै आएका चालक उपेश घर्तीले बताउनुभयो । कर्णाली करिडोरको मुख्य सडकमै पर्ने सो खोलामा पुल निर्माण हालसम्म हुन नसकेका कारण यातायातका साधनले खोला तर्नु पर्ने बाध्याता रहेको उहाँले बताउनुभयो ।

उक्त खोलामा बेलिब्रीज वा पक्की पुल बनाउने कुनै तयारीसमेत हुन सकेको देखिँदैन । अहिले पनि साना गाडीलाइ पैमा खोलामा तर्न कठिन भए पनि जेनतेन तर्ने गरिए पनि बर्षा भएको दिन ती साधन खोलामा सञ्चालन गर्न नसकिने अवस्था रहेको छ ।

यतिबेला सो खोलाको पानी बढेको कारण जिपभित्र पानी पसेको बताउँदै उहाँले तर खोला तर्नै पर्ने बाध्यता चालकलाई रहेको गुनासो गर्नुभयो । आज भोली बिहान भने ठूला लोड गाडी र बस मात्र सो खोलामा सञ्चालन हुने गरेका छन् । जीप चालकले बिहान पानिको बहाब नघट्दासम्म खोला वारी पारी पार्किङ गरे बस्नु पर्ने बाध्यता रहेको छ । दिनभर पानि परेपछि खोलामा सवारी हाल्नै मुस्किल हुने गरेको उहाँले बताउनुभयो ।

हिउँद यममा सो खोला सानो हुने गरेको भएपनि यतिबेला पानिको बहाब उच्च हुँदा दिनमा मात्र साना सवारी तर्न सक्ने अबस्था हुन्छ । बिहान भने ठुला गाडीलाइ मात्र तार्न सकिने गरेको छ । साउन महिनाको पहिलो साता देखी उक्त खोलामा पानीको बहाब बढेको छ हल्का सवारी साधनहरु धेरै मानिस लागेर खोला तार्न बाध्य भएको सम्बन्धित वडाका वडा अध्यक्ष राजबहादुर बोगटीले बताउनु भयो ।

यता हरेक वर्ष सरकारलाई पुल निर्माणको लागि खच्घच्याएपनि प्रदेश र संघिय सरकारले पुल निर्माणको प्रकृया अगाडि नबढाएको भन्दै गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।

प्रकाशित मितिः     २४ श्रावण २०८२, शुक्रबार १८:३०  |