ताँजाकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा नर रावत नियुक्त हुनु भएको छ ।
यस अघि गाउँपालिकामा पशु अधिकृत समिक्षा अधिकारीलाइ मन्त्रालयले आर्थिक प्रशासन सहितको अधिकार दिएर खटाएको भएनि सोमबारबाट रावत गाउँपालिकाको कार्यालयमा हाजिर हुनु भएको छ ।
साउन १ गतेबाट लागु हुने गरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको भएपनि सोमबार हाजिर भएसँगै ताँजाकोट गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापा सहित वडा अध्यक्षहरु र कर्मचारीहरुले स्वागत गर्नु भएको छ ।
गत आर्थिक बर्ष २०८१।०८२ को माघ महिना बिभिन्न स्थानिय तहका निमिक्त प्रमुख प्रशासकिय अधिकृतको जिम्बेवारी खासेसँगै प्राय स्थानिय तहमा सिनियरको आधारामा प्रशासन बाहेकका अधिकृतलाइ जिम्बेवारी दिएको बेला ताँजाकोट गाउँपालिकामा अधिकारीलाइ जिम्बेवारी दिएको भएपनि चालु आर्थिक बर्षको पहिलो दिनबाटै उहाँलाइ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।
जिल्लाका अन्य गाउँपालकामा भने सो अधिकृतहरुबाटै काम संञ्चालन भइरहेको बताइएको छ ।
